राज्यको ध्यान नदिँदा कञ्चनपुरका १९ वर्षिय एक जना अन्र्तराष्ट्रिय तेक्वान्दो खेलाडी ओझेलमा परेका छन । भीमदत्त नगरपालिका– १६ बसन्तपुरका का अन्तर्राष्ट्रिय स्तरमा मेडल हात पारिसकेका बहु प्रतिभाशिल तेक्वान्दो खेलाडि सुमित विष्टलाई राज्यको वेवास्ता परेका छन् ।
कलिलै उमेरमा जिल्ला स्तरिय क्षेत्रिय हुदै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरमा आफ्नो नाम दर्ज गराउन सफल भएका सुमित स्थानिय , प्रदेश तथा संघ सरकारले उनी जस्तै खेलाडीलाई खासै होसला दिन सक्ने खालको सहयोग गरेको भने देखिदैन । क्रिकेट, भलिबल, बास्केटबल, भारत्तोलनमा पनि उनले मेडल तथा प्रमाणपत्र पाएका छन् । तर अहिले आफनो भविष्य भने तेक्वान्दोमा बनाई रहेका छन् ।सुमित विष्टले सयौंको संख्यामा रहेका पुरुस्कार, मेडल तथा ट्रफि उनको आफ्नै घरको कोठामा सजाएर राखेको देख्न पाईन्छ । ती मेडल र ट्रफिलाई भने राज्यले बेवास्ता गरे जस्तै छ ।
सुमित विष्टका बुवा हर्केश विष्टले सुमित बाल्यकालदेखि नै खेलकुद संगै पढाईमा समेत मिहिनेती र अब्बल रहेका भए पनि छोराले खेलकुद मार्फत देश लाई चिनाउन गरेको मिहिनेत अनुसार राज्यले भने खासै सहयोग नगरेको तितो यथार्थ बताउँछन् । उनले आफ्नै लगानीमा छोराको खेल्ने रहर पुरा गरेको बताउँदै राज्यले आफ्नो छोरा मात्रै नभई दैशै भर रहेका प्रतिभावान खेलाडिलाई सम्वोधन गर्न नसकेकोमा दुःख लाग्ने गरेको बताउँछन् ।सुमितले गाँउकै न्यू सरस्वती विद्या मन्दिरमा नर्सरीदेखि २ सम्म अध्ययन गरेका थिए । त्यसपछि ६ देखि १० सम्म महेन्द्रनगरको ईन्टरनेशनल स्कुलमा अध्ययन गरेका विष्ट भारतको नैनिताल स्थित पार्वती प्रेमा जगती सरस्वती विद्यालयबाट प्रविणता प्रमाण तह अध्ययन पश्चात स्नातक तह बिबिएस प्रथम बर्षमा अध्ययनत सुमितले खेल क्षेत्रमा उत्कृष्ठ स्थान हासिल गरेपनि उनको प्रतिभालाई स्थानीय, प्रदेश र संघीय सरकारले चिनेको छैन ।
बाल्यकालमा सुमित विष्ट अध्ययन गरेको न्यू सरस्वती विद्या मन्दिरका प्रिन्सिपल अमराज भट्टले आयस्तर न्युन भएका खेलाडीहरुलाई सरकारले बिभिन्न स्रोत साधन, शिक्षामा लगानी लगाउने वातावरण बनाईनु पर्ने भन्दै राष्ट्र चिनाउने खेलाडीको राज्यले समेत कदर गर्नुपर्ने धारण राखेका छन् ।
सुमितले हात पारेका प्रमाण पत्र, ट्रफि, मेडल सरकारले नचिनेपछि उनी ओझेलमा परेका छन् । २०७८ सालमै प्रथम मुख्यमन्त्री सुदूरपश्चिम स्तरिय तेक्वान्दो प्रतियोगितामा समेत उनले गोल्डमेडल ल्याएका थिए। त्यस्तै भारतमा सम्पन्न भएको ५४ किलो समुहमा समेत उनले गोल्डमेडल ल्याउन सफल भएका थिए भने अजरबैजानको बाकुमा भएको विश्व च्यापियनसिप प्रतियोगितमा समेत उनले उत्कृष्ठ स्थान हासिल गरेका थिए ।
गाँउमा हुर्किएको खेलकुद प्रतिभालाई सरकारले नचिनेपछि बहुप्रतिभा खेलकुदका धनी सुमित ओझेलमा परेका थिए । उनीसंगै कुनै अभ्यास गर्ने आधुनिक स्रोत साधन बिनैपनि जता पनि प्रतियोगितामा सहभागि भए त्यही उत्कृष्ठ स्थान हासिल गदै आएका छन् ।
सुमित विष्ट जस्ता प्रतिभावान खेलाडिहरुको लागी संघिय सरकारले नै प्रयाप्त बजेट छुट्याउनु पर्ने हो तर खेलाडिका लागि भनेर कुनै शिर्षकमा बजेट नआउने बताउँदै वडा कार्यालय संग सीमित बजेट भएकाले ठूलो सहयोग गर्न नसकिने र केही सान्तवनाका लागि सम्मान कार्यक्रम चाहि वडाले गर्ने गरेको भिमदत्त नगरपालिका– १६ का वडाध्यक्ष केशव सिंह विष्टले बताए ।
२ भाई र १ दिदि मध्येका जेठा छोरा सुमितले अन्र्तराष्ट्रिय स्तरका प्रतियोगितामा गोल्ड मेडल विजेता भई देशको नाम राख्दा सुमितको गृह नगरपालिका भिमदत्तले समेत राष्ट्रका गहनाका रुपमा चिनिने खेलाडीको उचित सम्मान गर्न सकेको छैन ।जिल्ला तेक्वान्दो संघका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले तेक्वान्दो खेलाडी विष्टले कलिलै उमेरमा विश्व च्याम्पियनसिपमा अजरबैजान, पाकिस्तान ,तथा भारतमा राम्रो प्रदर्शन गरेको बताउदै यसरी नै खेलमा लाग्ने हो भने सुमित तेक्वान्दोमा राम्रो खेलाडी हुने र सुमितका लागी उनको खेललाई अझ सुधार गर्न आफु लगायत संघले सक्दो साथ र सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
