कृष्णपुरका हात्ती पिडितलाई नगरपालिकाद्वारा खाद्यान सहयोग

असोज १७,गुलरीया
कृष्णपुर नगरपालिकाले वडा न.४ किचाई शिविरका हात्ती पिडित किसानलाई त्रीपाल र खाद्यान सहयोग गरेको छ । गएराती वडा नं ४ शिविरका सानु चौधरी,गोपाल चौधरी र जयराम चौधरीको घर हात्तीको बथानले भत्काएको हो । त्यस्तै दर्जनौं किसानले भित्र्¥याउन लागेको धानबाली पनि हात्तीले नस्ट गरेको छ । हात्तीको बथान आँखै अगाडी देखेपछि आफूहरु त्रसित भएको र बालबच्चा जोगाउनै हम्मेहम्मे परेको स्थानीय महेश्वरी चौधरीे बताउछिन । अर्का स्थानिय बच्चुलाल चौधरीले स्थानीय सकृय नभएको भए हिजो ठूलो जनधनको क्षती हुने बताउँछन ,उनी भन्छन राती ७ बजे आएको हात्तीको बथान करिबन २ बजेरातीसम्म आफ्नै क्षेत्र वरीवरी घुमिरह्यो अत्याधिक डर लाग्यो ।


जंगली हात्तीले प्रभावित पारेको स्थानमा स्थलगत अनुगमन गर्दै कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले जंगली क्षेत्र बढी भएको कृष्णपुर नगरपालिका वर्षेनी हात्ती आतंक हुने गरेको बताए । नगरप्रमुख ओझाले अन्य जंगली जनावर भन्दा हात्ती अजिव जनावर भएको भन्दै यसलाई रोक्न अत्यन्तै कठिन हुने बताए । जंगली हात्तीको बथानले जनधनको ठूलो क्षती हुने गरेको भन्दै आफूले सम्बन्धित सबै निकायलाई स्थायी समाधानका लागि भन्दै पहल गरिरहेको बताए


कृष्णपुर नगरपालिकाले गएराती हात्तीले क्षती पु¥याएका सानु चौधरी,गोपाल चौधरी र जयराम चौधरीको परिवालाई एक एक थान त्रीपाल र खाद्यान सामाग्री उपलब्ध गराएको छ ।
सुदूरपश्चि प्रदेश सभाका सांसद ओम विक्रम भाट सरलले कञ्चनपुर जिल्लाकै लागि जंगली हात्ती व्यवस्थापन चुनौती रहेको भन्दै आफूले यसबारे प्रदेश सभामा कुरा उठाउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply