दोधारा चाँदनीमा खेलकूद विकास समिति विघटनपछि खेल प्रतियोगिता

महेन्द्रनगर । दोधारा चाँदनी नगरपालिकाले नगर खेलकूद विकास समिति विघटन गरी अन्धाधुन्ध रुपमा खेल प्रतियोगितामा खर्च थालेको छ । खेलकूद क्षेत्रसंग सम्बन्धित नभएका संस्थालाई खेलकूद प्रतियोगिताका लागि बजेट दिएर दुरुपयोग गर्न लागिएको हो ।

दोधारा चाँदनी नगरपालिकाले ‘डे नाईट क्रिकेट’ प्रतियोगिताका लागि ४ लाख ५० हजार बजेट उपलब्ध गराएको छ । दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले केही दिन अघि बसेको बैठकले साझेदारीमा डे नाइट क्रिकेट प्रतियोगिता गर्न सुदूर मिडिया प्रालिलाई बजेट दिएको हो । मिडिया प्रालिलाई क्रिकेटका लागि बजेट दिएको भन्दै मेयर किशोर कुमार लिम्बुको आलोचना हुन थालेको छ ।दोधारा चाँदनी नगरपालिका कार्यालयका सुचना अधिकारी डम्मर अवस्थीले कार्यपालिका बैठकले ‘डे नाईट क्रिकेट’ संचालनको लागि केही दिन अघि ४ लाख ५० हजार रकम बिनियोजन गरेको बताए ।

‘रु. ४ लाख ५० हजारमा लागत साँझेदारी हुने गरि ‘डे नाईट क्रिकेट’ संचालन गर्ने निर्णय भएको छ’ सूचना अधिकारी डम्मर अवस्थीले भने । कार्यपालिका बैठकमा भने कसलाई बजेट दिने भन्ने उल्लेख नभएको उनले बताए ।

नगर क्षेत्रभित्रका खेलकूद विकासका लागि हुनु पर्ने नगर विकास समिति मेयर लिम्बुले केही महिना अघि विघटन गरेका थिए । गत महिना नगरपालिका सभा कक्षमा आयोजना गरिएको सार्वजनिक कार्यक्रममा मेयर लिम्बुले हटाएका खेलकूद विकास समितिका निवर्तमान अध्यक्ष हर्क बहादुर थापाले आक्रोश पोखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply