भीमदत्त नगरपालिकाले चार खोलामा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आव्हान

भीमदत्त नगरपालिकाले चार खोलामा नदीजन्य पदार्थको उत्खननका लागि ठेक्का आव्हान गरेको छ । असोज १ गतेदेखि नदी तथा खोला नालाबाट नदीजन्य पदार्थ उत्खन्न कार्य सुरु हुनु पर्नेमा भीमदत्तमा असोज दोस्रो साता मात्रै ठेक्का आव्हान गरिएको हो ।

भीमदत्तले रौटेला खोला, गौताडी खोला, खन्या खोला र भिमारीगाड खोलाको ढुङगा, गिट्टी, बालुवा तथा ग्राभेल उत्खनन, बिक्री र संकलन (रोयल्टी) ठेक्का आह्वान गरेको छ । काठमाडांैबाट प्रकाशित पत्रिकामा ठेक्का आव्हान गरिएको सूचना प्रकाशन गरिएको छ ।

भीमदत्त नगरपालिकाका इन्जिनियर दिपेन्द्र जोशीका अनुसार रौटेला, गौताडी, खन्या र भिमरीगाड खोलाको रोयल्टी ठेक्का लगाउन मंगलवार १५ दिने सूचना आह्वान गरिएको बताए । केही दिनपछि महाकाली नदिको रोल्यटी ठेक्का समेत खाल्ने गरी काम भइरहेको उनले बताए ।यस अघि यी चार खोला सहित महाकाली नदीबाट अमानमा रोयल्टी संकलन गर्ने तयारी गरिएपछि चौतर्फी विरोध भएको थियो । भीमदत्त नगरपालिका कार्यपालिका सदस्य पदमराज अवस्थीले अमानतमा रोयल्टी संकलन गर्न ठूलो भ्रष्टचार भएको भन्दै विरोध गरेपछि मेयर पदम बोगटीमाथि चौतर्फी दबाव परेको थियो । त्यसपछि नगरपालिकाले ठेक्का नलगाउँदासम्म नदरुीजन्य पदार्थको उत्खनमा रोकन लगाएको थियो ।

अहिले महाकाली नदीमा ठेक्का लगाउन आइइई प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि नगरपालिकाले सार्वजनिक सुनुवाईको तयारी गरेको छ ।

भीमदत्त नगरपालिकाको नेतृत्वमा बोगटी आएपछि पहिलो पटक नदीजन्य पदार्थ उत्खननका लागि ठेक्का गरिएको हो । बोगटीले २०७९ जेठ ९ गते पदभार ग्रहण गरेका थिए ।

उनले पहिलो वर्ष महाकाली सहितका नदी तथा खोलाबाट अमानतमा राजश्व उठाएका थिए । गत वर्ष महाकाली सहित सबैबाट २ करोड १७ लाख राजश्व संकलक भएको छ । यस वर्ष पनि अमानतमा संकलनको तयारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply