लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको बेलडाँडी गाउँपालिका-२ क्याम्प नजिकबाट ४ ग्राम ३२० मिलिग्राम लागूऔषधसहित भीमदत्त नगरपालिका-२ उल्टाखामका २७ वर्षीय राजु चौधरी र भीमदत्त नगरपालिका-१९ बागफाँटाका २० वर्षीय अमित चौधरीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिईएको प्रहरीले चेकजाँच गर्दा उनीहरुको साथबाट लागूऔषध फेला पारी दुबैलाई नियन्त्रणमा लिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply