माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड आज बझाङ आउँदै

कञ्चनपुर :- नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बझाङ आउँदैछन् । दाहाल भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि नेपाली सेनाको हेलिकप्टरबाट आज बझाङ आउन लागेका हुन् ।
प्रधानमन्त्री दाहालले भूकम्पबाट बढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सचिव जनक बुढाले जानकारी दिए । त्यस्तै जिल्ला समग्र बस्तुस्थितको बारेमा त्यहाँको प्रशासन कार्यालयमा व्रिफिङ लिने कार्यक्रम पनि रहेको उनले बताए ।
मंगलबार गएको ६ दशमलब ३ रेक्टरको भूकम्पले बझाङमा एक जनाको मृत्यु भएको थियो । त्यस्तै दर्जनौं मानिस घाइते भएका छन् । भूकम्पले धेरै घरहरु र केही विद्यालय भवनमा पनि क्षति पु¥याएको छ । दाहाल बझाङबाट आजै फिर्ता हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply