महेन्द्रनगर बजारकाे स्थानीय पार्क भीम बाटिकामा सरसफाई

महेन्द्रनगर बजारकाे स्थानीय पार्क भीम बाटिकामा सरसफाई गरिएको छ । शनिबार विहान भीमदत्त नगरपालिका वडा नम्बर- १८, भीमदत्त वाटिका संरक्षण समिति, मन्त्र हस्पिटल, स्थानिय प्रहरी र महाकाली बहुप्राविधिक शिक्षालयका विद्यार्थीहरूले पार्कमा सरसफाई गरेका हुन ।

पार्ककाे भित्र र बाहिर रहेकाे घाँसका साथै अन्य फाेहरवस्तु सरसफाई गरिएकाे भिमदत्त वाटिका संरक्षण समितिका अध्यक्ष १८ नम्बर निवर्तमान वडा सदस्य प्रशान्त भट्टले बताउनु भयाे । उनले भने “हाम्रो दैनिक जिवनमा सरसफाई पनि महत्त्वपुर्ण पार्टाे भएकाले अभियानकै रूपमा पार्कमा रहेका विभिन्न खालका फाेहरलाई सरसफाई गरेका छाै ।”

भिमदत्त नगरपालिका वडा नम्बर-१८ का वडा अध्यक्ष रविद्र प्रसाद देवकाेटाले बेला बेेलामा पार्क लगायत बजार क्षेत्रमा यसरी सरसफाई गरे नगरकाे साैन्दर्य बढने बताए । उनले `यस्ता कार्यक्रमलाई सधै जसाे वा हप्ताकाे एक पटक अनिवार्य रूपमा गरणन सके अझ राम्रो हुने विश्वास व्यक्त गरे ।´

सरसफाई कार्यक्रममा १८ का वडा अध्यक्ष रविन्द्र प्रसाद देबकोटा, वडा प्रहरी कार्यालयका ईन्चार्ज प्रहरी निरीक्षक याम बहादुर मल्ल, मन्त्र हस्पिटलका गोबिन्द रोकाया लगायतका विद्यार्थी, स्थानीय नागरिक समाज, उद्यमी व्यवसायीहरूकाे सहभागितामा सरसफाई गरिएकाे पार्क संरक्षण समितिका अध्यक्ष भट्टले बताउनु भयाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply