सीता सामुदायिक वनको अधिवेशन : अध्यक्षका लागि ३ जनाको लडाइ, नेतृत्व चयनमा बढ्यो किचलो

कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ९ जाेरायल स्थित सिता सामुदायिक वनको आगामी नेतृत्वका लागि ३ जनाले दाबी गरेका छन् । छैठौँ अधिवेशनबाट वनको नेतृत्व छविलाल चौधरीले सम्हालेका थिए । उनको कार्यकाल सकिएर वन कार्यसमितिले छैठौं अधिवेशन आह्वान गरेको भए पनि नयाँ नेतृत्व चयन हुन नसकेको एक उपभोक्ताले रैकवार खबर दैनिक लाई बताए । अहिले यो सामुदायिक वनको अध्यक्ष पदका लागि पुनाराम चौधरी सहित माेहन बहादुर शाही, लक्ष्मी महरा ले अध्यक्ष पदका लागि दाबी गरेका छन् ।

पुनाराम चौधरीले अब युवाले पालो पाउनुपर्ने भन्दै वनको नेतृत्व आफूले गर्ने दाबी गरेका छन् ।
वनको नेतृत्व चयन थप पेचिलो बनेको वनका अध्यक्ष छविलाल चौधरीले बताए । आफूले एक कार्यकाल काम गरिसकेको भन्दै मिलेर आए आफूले छोड्ने बताएका छन् ।

उता सव डिभिजन वन अधिकृत नवीन सिंहले सामुदायिक वनहरु चुनावी प्रक्रियामा जानु एक गलत अभ्यास भएको भन्दै सके सम्म सर्वसम्मतीमा कार्यसमिति चयन होस भन्ने आफ्नो सुझाव रहेको समेत उनले दाबी गरे । तर यही वडा भित्रका अन्य कतिपय सामुदायिक वनमा भने चुनावनै नभइ सहमतिमा भएको जानकारी गराए ।

उता वन कार्यासमितिको अधिवेशन खर्च उम्मेद्धारल नै बेहोर्नुपर्ने सीता सामुदायिक वनका अध्यक्षहरुको तर्क छ । चुनावी खर्च व्यवस्थापन आफैंले व्यहोर्नुपर्ने उनीहरुले रैकवार खबर दैनिकलाई बताए ।
उनले वन कार्यसमिति चयन हुन बाँकी रहेको भन्दै उक्त पदका लागि दाबी पेश गरेका व्यक्तिहरुलाई एक महिनाको समय दिएर सहमतिमा पुग्न आग्रह गरिएको जानकारी दिए !

समुहका अध्यक्ष छविलाल चौधरीको अध्यक्षतामा भएको छैठौं साधारणसभामा कृष्णपुर नगरपालिका ९ वडा अध्यक्ष कैलाश बलायर प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि बलायरले कार्यक्रमलाई म्बोधन गरेका थिए ,विशिष्ट अतिथि सब डिभिजन वन कार्यालय पिपरियाका अधिकृत नवीन सिंह पुर्व वडा अध्यक्ष छत्र बहादुर महरा समाजसेवी लालबहादुर चौधरी अतिथि जानकी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्द्र प्रकाश भट्ट वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी गौरादेवी सामुदायिक वनका प्रतिनिधि गणेश जाेशी नमुना सामुदायिक वनका अध्यक्ष रामदास चौधरी बसन्त सामुदायिक वनका अध्यक्ष जगतरा बलायर बुद्धिजीवी समाजसेवी , लगायतकाे उपस्थितिमा शुभकामना मनतव्य राख्नुभएको थियो ।
कार्यसमिती सचिव दुर्गा महराकाे स्वागत मनतव्य रहेको कार्यक्रमको सञ्चालन कृष्ण बिकले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply