अहिलेसम्मकै सबै भन्दा ठुलो धनराशिको फुटवल प्रतियोगिता

कंचनपुर । बेलडाँडीमा रहेको एकता युवा समाजले हिन्दुहरुको महान चाड बडा दशैं तथा शुभ दिपावलीको पावन असर पारेर बेलडाँडीकै अहिलेसम्मकै सबै भन्दा ठुलो धनराशिको फुटवल प्रतियोगिता गर्ने भएको छ ।

“राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद” भन्ने मुल नाराका साथ विगतका बर्षहरु झै यस बर्ष पनि युवा समाजले बेलडाँडी फुटवल महोत्सव २०८० आयोजना गर्ने भएको एकता युवा समाजका सदस्य माधव उपाध्यायले जानकारी गराउनु भयो

वहाँका अनुसार प्रतियोगिताका विजेता र उप-विजेता हुने टिमलाई बेलडाँडीकै सबै भन्दा ठुलो धनराशिको पुरस्कार प्रदान गरिने जनाउनु भयो । जसअनुसार प्रतियोगिताको प्रथम हुने टिमलाई १ लाख १ हजार १ सय ११ रु नगद र ट्रफी, प्रमाण पत्र, मेडल प्रदान गरिने छ भने दोस्रो हुने टिमलाई या उप-विजेता टिमलाई ५५ हजार ५ सय ५५ रु नगद र ट्रफी, प्रमाण पत्र, मेडल प्रदान गरिने छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट फरुवार्ड, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता उदयमान खेलाडीलाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

यसै २८ गते आइतवार रौलेश्वर मा.वि.को प्राङ्गणमा प्रतियोगिताको उदघाटन गरिने भएको छ । प्रतियोगितामा सहभागि हुने टिमलाई ६ हजार ९ सय ९९ रु इन्ट्री शुल्क लाग्नुका साथै असोज २७ गते साझ सम्म टिम दर्ता गराइ सक्नुपर्ने जनाइएको छ ।

खुल्ला प्रतियोगिता भएकाले सबै क्लब संघ संस्थालाई आफ्नो टिम दर्ता गराई खेलाडीहरुलाई उक्त खेलमा सहभागिता जनाई दिन उपाध्यायले अनुरोध गरेका छन् ।

उनले यो प्रतियोगिता आयोजना गर्न र सफल बनाऊन आ–आफ्नो ठाउबाट योगदान, सहयोग गर्न फुटवल प्रेमी, व्यापारी, विभिन्न संघ संस्थालाई अनुरोध समेत गरेका छन् । टिमलाई सुझाव तथा सम्पर्कका लागि यो नं. राखिएको छ ९८०९४१६४९७, ९८०९४२७८३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply