कञ्चनपुरको महेन्द्रनगरमा मसाज सेन्टरमा यौनजन्य गतिबिधी

कञ्चनपुरको महेन्द्रनगरमा रहेका मसाज सेन्टरमा यौनजन्य गतिबिधी भईरहेको पाईएको छ । प्रहरीले भीमदत्त नगरपालिका महेन्द्रनगरका मसाज(स्पा)सेन्टरमा अनुगमन गर्दा यौनजन्य गतिबिधी भईरहेको भेटाएको छ ।

महेन्द्रनगरका मसाज सेन्टरमा यौनजन्य गतिबिधी भईरहेको गुनासो आएपछि प्रहरीले आइतबार ति मसाज सेन्टरमा छापा हानेको थियो । प्रहरी टोली पुग्दा मसाज गराउन आएका केही ग्राहक सिङ्गै नाङगो अवस्थामा भेटिएका थिए, जबकी मसाज सेन्टरमा पुरै नाङगो भएर मसाज गराउन मापदण्ड नै छैन । तर, महेन्द्रनगरका केही समाज सेन्टरमा यसरी युवती मार्फत नाङगै भएर मसाज गराउने कार्यले यौनजन्य गतिबिधी भईरहेको पुष्टी भईरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सुचना अधिकारी पुष्कर राज पन्तले चार मसाज सेन्टरमा छापा मारेको बताए । उनका अनुसार भीनपा ४ महेन्द्रनगरको ग्ल्यामर, भीनपा ५ बनखेतको ग्ल्यामर, बनखेतकै कोहिनुर, भीनपा ६ ऐठपुरको डाईमण्ड स्पामा छापा हानिएको छ ।

प्रहरीका सुचना अधिकारी पन्तले रामसिह विष्ट संचालक रहेको बनखेतको ग्ल्यामर स्पाबाट म्यानेजर महेश पाल, नरेन्द्र शाह संचालक रहेको कोहिनुर स्पाबाट म्यानजेर दया भट्ट सहित सहित ७ महिला, ८ पुरुषलाई पक्राउ गरिएको बताए । स्पाबाट पक्राउ परेका महिला कामदार हुने भने पुरुष ग्राहक हुन । ६भारतीय पुरुष रहेका छन । समाज सेन्टरमा प्रहरी पुग्दा ग्राहक आपत्तिजनक अवस्था भेटिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कमल थापाले स्पा सेन्टरमा अनैतिक गतिबिधी भईरहेको गुनासो आईरहेको बताए । यौनजन्य हर्कत भईरहेको गुनासो आएपछि प्रहरीले केही स्पाहरुमा छापा हानेको बताए । ‘समाजलाई अपाच्य हुने हर्कत देखिए, ‘एसपी थापाले भने, ‘अब उहाँहरुमाथि कानुनी प्रकृयादेखि थप विषयमा छानबिन गछौँ ।’ नितान्त व्यवसायिक ढङगले समाजलाई पाच्य हुने काम भन्दा पृथक काम गरेको पाईएको एसपी थापाले बताए । पक्राउ परेका कामदार, ग्राहक तथा संचालकमाथि आवश्यक थप अनुसन्धान गरेर कानुनी कार्बाही गरिने एसपी थापाले बताए । यसरी चार समाज सेन्टरमा प्रहरीले छापा हानेपछि अन्य समाज सेन्टर त्रसित भएका छन । स्पामा यौनजन्यधन्दा बारे केही संचार माध्यममा समाचार प्रकासित भएको सातामै प्रहरीले समाज सेन्टरमा एक्सन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply