एसपीएलाई इन्टरनेशनल टी २० क्रिकेट प्रतियोगिताको उपाधि

महेन्द्रनगरस्थित इन्टरनेशनल पब्लिक स्कुलले कबर्ड हलमा आयोजना गरेको इन्टरनेशनल टी २० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम एकेडेमी (एसपीए) धनगढीले हात पारेको छ । प्रतियोगिताको फाइनलमा खेलमा आइतबार लिटिल बुुुद्ध एकेडेमीलाई ३ विकेटले पराजित गरी एसएसीले उपाधि जितेको छ ।

असोज १० गतेदेखि सुरु खेलमा कञ्चनपुरका १२ र कैलालीका ५ टीमले भाग लिएका छन् । यस तेस्रो संस्करणको खेलमा केएमसीका निरज ऐर मेन अफ दि सिरिज भएका छन् । यसैगरी एसपीएका आशिल ुलुहार बेट्स ब्याट्सम्यान, मर्निङ्ग ग्लोरीका सागर खड्का बेष्ट बलर र आयोजक इन्टरनेशनल पब्लिक स्कुलका भरत धामी इमरर्जिङ्ग प्लेयर भएका छन् ।

प्रतियोगिताको सेमिफाइनमा केएमसीलाई हराउँदै एसएसी र आयोजक इन्टरनेशनलाई हराउँदै एलबीए फाइनल प्रवेश गरेका थिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लिलाध्वज वस्नेतको सभापतित्व र जिल्ला समन्वय समितिका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आतिथ्यमा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply