विश्व मानसिक स्वास्थ्य दिवस : दृष्टि फाउण्डेसनमा मानसिक रोगको औषधि वितरण

धनराज विक /
असोज २३ धनगढी
दृष्टि फाउण्डेसनमा रहेका असहायहरुलाई मानसिक रोगको औषधि र चिसोमा ओढ्न मिल्ने कम्मल (बलङ्केट) वितरण गरेर विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ । स्वास्थ्य कार्यालय धनगढीको आयोजनामा मंगलबार दृष्टि फाउण्डेसनमा स्वास्थ्य शिक्षा,औषधि तथा कम्मल वितरण गरेर दिवस मनाइएको हो ।

विश्व मानसिक स्वास्थ्य दिवस मनाउने कार्यक्रमको समन्वय मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र सीएमसी नेपाल,हयुमन नेपाल, कोशिस, टिपियो र डब्लुयचओले गरेका थिए । औषधि खान नपाएर बिरामीहरु समस्यामा परेका बेला मानसिक रोगको औषधि सहित चिसोमा ओढ्न मिल्ने न्यानो कम्मल (बलङ्केट) प्रदान गरेकोमा धेरै खुसी लागेको फाउण्डेसनका संचालक कल्पना भट्टले बताइन् ।

दिवसको अवसर पारेर स्वास्थ्य कार्यालयले ४० जना बिरामीले खादै आएको करिब ३ महिनालाई पुग्ने मानसिक रोगको औषधी, १० वटा (बलङ्केट) जीवनजल, सिटामोल र चोटपटक लाग्दा घाउ सफा गर्नको लागि प्राथमिक उपचारका सामाग्री वितरण गरेको स्वास्थ्य कार्यालयका प्रमुख लालबहादुर धामीले बताए ।
अबदेखि नियमित रुपमा फाउण्डेसनमा आएर एचभाइभी,टिबि र प्रजनन् स्वास्थ्यको चेकजाँच गर्ने व्यवस्था मिलाउने धामीले भन्दै बच्चालाई खुवाउने लिटो र आइरनचक्की उपलब्ध गराउने धामीले बताएका थिए ।

धनगढी उपमहानगरपालिका शहरी स्वास्थ्य केन्द्र १३ नम्बर वडामा कार्यरत जन स्वास्थ्य निरीक्षक अनिता खड्काले प्रत्येक महिनाको २५ गते नियमित रुपमा स्वास्थ्य चेकजाँच गरी सेवादिने व्यवस्था गर्ने बताएकी थिइन् ।


फाउण्डेसनका स्वयम् सेवक चन्द्रा तिरुवाले खानको भन्दापनि बिरामीले औषधिको समस्या भोग्नु परेको बताइन् । निशुल्क पाईने औषधीपनि समयमा पाएका छैनौं । धेरै किसमिको मानसिक रोगको औषधि खरिद गर्नुपर्ने भएकोले आर्थिक अभावका कारण औषधि बिरामीले खान नपाएको दुःख पोखेकी थिइन् । जवाफमा स्वास्थ्य कार्यालयका प्रमुख धामीले अबदेखि खरिद गर्नुपर्ने औषधीको व्यवस्था पनि गरिदने बताएका थिए ।

धामीले भने–“असोज २१ गते स्वास्थ्य कार्यालयमा विश्व मानसिक स्वास्थ्य दिवस मनाउने विषयमा तयारी बैठक बसेको थियो । बैठकमा सीएमसी नेपालका मनोसामाजिक परामर्शकर्ता धनराज विकले दृष्टि फाउण्डेसनमा बसेका असहायले मानसिक रोगको औषधि खान नपाएर समस्यामा रहेको जानकारी गराउनु भएको थियो । छलफलपछि मानसिक रोगको औषधि उपलब्ध गराई दिवस मनाउने लिखित निर्णय भएको थियो ।” बैठकले विद्यालयमा अभिमुखिकरण कार्यक्रम गरी दिवस मनाउने पनि निर्णय गरेको थियो ।

फाउण्डेसनका संचालक कल्पना भट्टले बिरामीले खाँदै गरेको औषधी सकिएपछि धेरे ठाउँमा पहल गरेपनि औषधिको जुगार नभएको बताईन् । अन्तिममा सीएमसीका धनराज विकलाई समस्याको बारेमा जानकारी गराएकी थिए मैले । तत्काल औषधिको व्यवस्था गर्नमा समन्वयको काम गरेर सहयोग गरेको भन्दै भट्टले विकलाई धन्यवाद समेत दिएकी थिइन् ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओका डाक्टर मिलन खड्काले फाउण्डेसनमा रहेका बिरामीको उपचारका लागि आफूले सक्दो सहयोग गर्ने बताए । हुमन नेपालका अध्यक्ष उमेश शिवाकोटीले फाउण्डेसनको मानवीय कामको मूल्यांन गरी नगद सहित आफ्नो संस्थाले केहीदिन अगाडी सम्मान गरेको बताए ।

मनोसामाजिक परामर्शकर्ता धनराज विकले स्वाथ्य कार्यालयले औषधि खान नपाएका बिरामीलाई औषधि सहित न्यानो (बलङ्केट) उपलब्ध गराई अर्थपूर्ण तरिकाले दिवस मनाएकोमा खुसी लागेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply