बझाङमा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। गएराति चैनपुर आसपास केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
मध्ये राति १२ बजेर १२ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। भूकम्पबाट भएको कुनै क्षतिको विवरण प्राप्त भएको छैन।
बझाङको चैनपुर केन्द्रबिन्दु भएर गत मंगलवार ६.३ म्याग्निट्यूडको भूकम्प गएको थियो। त्यसपछि बझाङमा बारम्बार पराकम्पहरू गइरहेका छन्।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
