लाओसलाई हराउँदै नेपाल फिफा विश्वकपको दोस्रो चरणमा

काठमाडौं । नेपाल फिफा विश्वकप २०२६ छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ ।

लाओसको राजधानी भिएनतियानस्थित न्यु लाओस नेशनल स्टेडियममा मंगलबार भएको दोस्रो लेगको खेलमा घरेलु टोली लाओसलाई १–० गोल अन्तरले हराउँदै नेपाल समग्रमा २–१ को नतिजा सहित दोस्रो चरणमा प्रवेश गरेको हो ।

नेपालको जितमा मनिष डाँगीले विजयी गोल गरे । उनले खेलको ५३औँ मिनेटमा गोल गरेका थिए । यसअघि काठमाडौंंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो ।

नेपालले अब समूह एचमा बहराईन, युएई र यमनसँग होम एण्ड अवेका आधारमा छनोट चरण खेल्न पाउने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply