बन्यजन्तुको आहाराका लागि कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा रहेको सिस्ने क्षेत्र व्यवस्थापन

बन्यजन्तुको आहाराका लागि कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा रहेको सिस्ने क्षेत्र व्यवस्थापन गरिन लागिएको छ । कृष्णपुर नगरपालिका २ र ४ सीमा क्षेत्रमा रहेको सिस्ने क्षेत्र व्यवस्थापन गरिन लागिएको हो । सामुदायिक वन समन्वय समिति, ग्वासी, समौजी, सव डिभिजन वन कार्यालय वाणी सहितका संरक्षणकर्मी सरोकारवालाले बन्यजन्तुको आहारा व्यवस्थापनका लागि घाँसे मैदान व्यवस्थापन गर्ने निर्णय गरेको थियो ।

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले संरक्षणका क्षेत्रका कार्यरत संघ संस्था कार्यालयको संयुक्त बैठकले सिस्ने क्षेत्र व्यवस्थापन गर्ने निर्णय अनुरुप घाँसे मैदान व्यवस्थापन गर्न लागिएको बताए । ‘यो क्षेत्र हात्ती लगायतको बन्यजन्तुको कोरिडोर पनि हो, ‘बनभित्र आहारा नभएपछि बन्यजन्तु गाँउपस्छन, त्यसैले पनि हामीले आहारा व्यवस्थापनको कामकाज अघि बढाउने काममा खटिएका छौँ ।’

सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेश दत्त जोशीले विगतदेखि उक्त क्षेत्र व्यवस्थापन गरिदै आएको बताए । ‘उचित संरक्षणको अभावमा उजाड डाँडाकाँडा खोला नदीले कटानी गरेर बगरै बगर बनेको थियो, ‘उनले भने, ‘चुरे क्षेत्रमा डाँडैडाँडा र फेदमा नदी खोलाले कटानी गरेर वन बगरमा परिणत भएपछि हामीले बन्यजन्तुको आहाराका लागि कामकाज अघि बढाएका हौँ ।’ समुदाय नै संरक्षणमा जुटेपछि सिस्ने सिमसार क्षेत्र एकातिर संरक्षण र अर्कातिर बन्यजन्तुको आगमन बढिरहेको अध्यक्ष जोशीले बताए । चुरेसंगै जोडिएको कृष्णपुर नगरका दर्जनौँ सामुदायिक वन सिमसार क्षेत्र भएकाले बन्यजन्तुको बासस्थान बनिरहेको बताए । अध्यक्ष जोशीले ७ बर्ष अघि सामुदायिक वनमा चरिचरन बन्द गरेपछि बनहरा नदिले बगर बनाएको क्षेत्र हराभरा भएको बताए । ‘यहाँका सामुदायिक वनले सिस्ने क्षेत्र संरक्षणका लागि पहल गरेपछि वन संरक्षण भएकोछ, ‘उनले भने, ‘बनहरा नदीले बनाएको बगर समेत पुर्नरुत्पादन भएको छ ।’ दक्षिणी लालझाडीदेखि चुरेसम्म वन संरक्षणका कामकाज अघि बढेपछि हात्तीको कोरिडोर समेत संरक्षण भएको बताए । ‘यो हात्तीको जैविक मार्ग पनि हो, ‘उनले भने, ‘विगतमा वन सरक्षण भएको थिएन, ‘उनले भने, ‘वन समुदायमा गएपछी संरक्षणका योजना अघि बढेसंगै बन्यजन्तुको आगमन समेत भईहरेको छ ।’ चार अघि हात्तीले समेत बच्चा जन्माएको, चितुवा, बाघ सहितका बन्यजन्तुको आगमन विभिन्न प्रजातिका चराको सिस्ने क्षेत्र बन्यजन्तुको बासस्थान बन्दै गएको उनले बताए ।

समौजी सामुदायिक वनका अध्यक्ष हजारी सिह भाटले घाँसे मैदान व्यवस्थापन, बन्यजन्तुका लागि खानेपानी प्रबन्ध गरिएको बताए । ‘हामीले विगतमा बनमारा रहेको क्षेत्रमा घाँसे मैदान व्यवस्थापन गरेका छौँ, ‘उनले भने, ‘शुरुवाती चरणमा १० हेक्टरमा घाँसे मैदान बनाएका थियौँ, अहिले ६० हेक्टर जमिनमा घाँसे मैदान व्यवस्थापन गरिएको र फेरपनि गरिरहेका छौँ ।’ उनले बगरमा समेत खयरसहितका बिरुवा पुर्नरुत्पादन भएको बताए ।

ग्वासी सामुदायिक वनका अध्यक्ष ईश्वरी दत्त भट्टले विगतदेखि घाँसे मैदान व्यवस्थापन गरिएको र अहिले पनि गर्न लागिएको बताए । ‘हामीले बनमारा नष्ट गरेर घाँसे मैदान व्यवस्थापन गरेका थियौँ, अहिले पनि आईरहेको छ ‘उनले भने, ‘यस क्षेत्रमा बन्यजन्तुका लागि आहारा, पानीको व्यवस्थापन गरेपछि ठुला तथा साना जनावरको बासस्थान बनिरहेको छ ।’

कञ्चनपुरका सहायक वन संरक्षण अधिकृत तथा वाणी सव डिभिजन कार्यालय प्रमुख हरि नारायण यादवले यस बर्षपनि थप घाँसे मैदान व्यवस्थापन गरिन लागिएको बताए । उनले सरक्षणका क्षेत्रमा प्रयासबाट वन पर्यावरण संरक्षण भईरहेको बताए । उनले उपभोक्ताको आम्दानीका साथै वन, बन्यजन्तु संरक्षणका साथै मानव–बन्यजन्तुविचको द्वन्द्व समेत न्यूनिकरण हुने बताए । ‘मानव बन्यजन्तुको द्वन्द्व न्यूनिकरणका लागि थुप्रै प्रयास भएका छन, ‘उनले भने, ‘अझै सरोकारवाला रणनीति रुपमा अघि बढ्नुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply