कैलालीको टीकापुरमा गरगहना सहित महिला र पुरुष पक्राउ

गणेश क्षेत्री
धनगढी -१० पुस
टीकापुर नगरपालिका वडान १ बाट प्रहरी को टाेलिले सुन चाँदि र गरगहना सहित आज बुधबार दिउँसो १२:३० मा २ जना महिला र पुरुष लाई पक्राउ गरेको छ ।

वडान १ को धर्मा जैशिको घरबाट बाजुरा बुढिगंगा नगरपालिका वडान १० का सुजन शाहि र जिल्ला कैलाली लम्कि चुहा नगरपालिका वडान ४ बस्ने रम्भा जैशिलाइ गरगहना, नगद र सवारीसाधन एफ जेड माेटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय का प्रबक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्र सिह बोहरा ले बताउनुभयो


प्रबक्ता का अनुसार शाहि र जैशिको साथमा रहेको कालो रंग को झोलाबाट चाँदि ५० ग्रामको सिक्का थान १ , पत्थर सहितको हिराको औठि थान २ सुनको बेरुवा औठि थान १ , सुनको सिक्री थान १, पानको पातको आकार सहितको सुनको सिक्री थान १ , सुनको बिछिया थान २, सुनको कालो पोते भएको नागिनि माला, चारकुने टप १ जोर , स्टार जस्तो देखिने झुम्का थान १ , कानमा लगाउने रिङ थान १ , हिरा र सुन सहितको झुम्का र औंठि थान १ बरामद भएको र बरामद भएको सामान को परिक्षण हुने बताउनुभयो !

प्रदेश प्रहरी कार्यालय धनगढी ,नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर कंचनपुर , जिल्ला प्रहरी कार्यालय कैलाली र इप्रका टीकापुरको संयुक्त टाेलिले उक्त सामान बरामद गरेको हो

बरामद भएको सामान ठुलो परिमाण मध्यको केहि अंश भएको बजारमा हल्ला भएपनि प्रहरी प्रबक्ता ले अनुसन्धान को क्रममा रहेको बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply