बेलडाँडी गाउँपालिकाको १६औं गाउँ सभा सम्पन्न

९ पुस धनगढी-
कञ्चनपुरको बेलडाँडी गाउँपालिकाको १६ औं गाउसभा एवं हिउदे अधिवेशन पालिकाकै सभा हलमा मंगलवार सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षतामा सम्पन्न हिउँदे अधिवेशनले गत साउन यता कार्यपालिका बैठकले गरेका निर्णयहरु प्रस्तुत गरिएका कार्ययोजनाहरुलाई गाउँपालिका अध्यक्ष रानाले पारित होस भनी सभामा राख्नुभएको प्रस्तावलाई सभाका सदस्यहरुले ताली बजाएर पारित गरेका थिए। बजेट, नीति तथा कार्यक्रम ल्याउने हुँदा असारमा हुने अधिवेशनलाई बजेट अधिवेशन र ऐन, कानूनहरु निर्माण गर्ने हुँदा पुसमा हुने अधिवेशनलाई विधेयक अधिवेशन भनिन्छ, । ‘बेलडाँडी गाउँपालिकाले पनि ऐन कानून, विभिन्न कार्यविधि लगायत साउनयता कार्यपालिकाले गरेका निर्णयहरु सभाबाट अनुमोदन गरेको बेलडाँडी गाउँपालिका अध्यक्षको सचिवालयले जनाएको छ ।’

पालिका प्रमुख रानाका स्वकीय सचिव कुलैराज उपाध्यायका अनुसार ‘१६ औं अधिवेशनसम्म आईपुग्दा पालिकाको सामर्थ्य र क्षमताले भ्याएसम्म विभिन्न क्षेत्रसंग सम्वन्धित ऐन, कार्यविधि र केहि मापदण्ड निर्माण गरि अनुमोदन गरेको उल्लेख गर्नुभयो ।’ आन्तरिक आयबृद्धि र राजस्वका विषयमा समेत हेराफेरि गरिएको बताउनु भयो ।

गाउँसभामा प्रमुख प्रशासकीय अधिकृत विर बहादुर ऐरले अर्धबार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । त्यसक्रममा ऐरले पालिकाको आन्तरिक श्रोत बृद्धि गर्न विकल्प खोज्नुपर्नेमा जोडदिएका थिए । आन्तरिक श्रोतका आधारलाई प्रकृयामा ल्याउने कुरामा सबैले ध्यानदिनुपर्नेमा उहाँको जोड रहयो । पालिकाका सबै जनप्रतिनिधि एवम् कर्मचारीहरूले रोकिएका विकास निर्माणका कामलाई छिटो सम्पन्न गर्नका लागि आग्रहसमेत गरे । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको अध्यक्षता, गाउँपालिका कार्यालय प्रमुख पालिकाका वडा अध्यक्ष, कार्य पालिकाका सदस्यहरु कर्मचारी लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply