दैलेखमा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु

दैलेखमा युवाहरूबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ।

भैरवी गाउँपालिका–४ सिलङ्गी बजारमा बिहीबार बेलुका ५ बजेतिर झडप भएको हो।

झडपमा परी सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–२ का २० वर्षीय किशोर बुढा क्षेत्रीको मृत्यु भएको हो।

झडपमा परी घाइते भएका बुढालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल रिफर गरिएको थियो। अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ।झडपमा संलग्नहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक कमल आचार्यले जानकारी दिए।भैरवी गाउँपालिकाका अध्यक्ष रिताकुमारी शाहीका अनुसार युवाहरू स्थानीय नै हुन्।

मृत्यु भएका युवकको परिवार भने केही वर्षदेखि सुर्खेत बस्दै आएका थिए। गाउँमा जम्मा भएका युवाहरूबीच झडप भएको खबर प्रहरीले आफूलाई दिएको उनले बताइन्।

मृतकको परिवार सुर्खेतमा बस्ने भएकाले जाहेरी सुर्खेत प्रहरीबाटै आउने प्रहरी निरीक्षक आचार्यले बताए। घटनाको बारेमा प्रहरी परिचालन गरी थप अनुसन्धान भइरहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply