भूकम्प प्रभावित क्षेत्रमा सहयोग गर्न डोटी शिखर समाजको अाग्रह

धनगढी :-डोटी जिल्लाको शिखर नगरपालिकामा पूर्खेउली घर भई हाल कैलाली कंचनपुरमा बसोबास गर्दे आईरहेका ब्यक्तिहरु बिच भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको छ । शिखर काफली समाजको आयोजनामा उक्त भेटघाट तथा छलफल कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथी एंव निवर्तमान सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैका ले कार्यक्रमले आपसी सहयोग सहकार्य,एकता,सद्भाव,भातृत्वको विकास गर्ने विश्वास ब्यक्त गर्नुभयो । साथै उहाँले भूकम्प प्रभावित क्षेत्रमा सक्दो सहयोग गर्न सबैमा अाग्रह गर्नुभयो । कार्यक्रममा सहभागीहरुले गएराती भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा भएको ठुलो धनजनको क्षेती प्रति दुख ब्यक्त गर्दे मृतकमा श्रद्धाञ्जली र घाईतेको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । भने समाजको तर्फबाट भूकम्प प्रभावित क्षेत्रमा सक्दो गर्न सबैमा अाग्रह गरेका छन । कार्यक्रममा शिखर नगरपालिकाका निवर्तमान मेयर सिताराम जोशी,प्रतिभा सामुदायिक पुस्तकालयका अध्यक्ष पुष्पराज जोशी,अत्तरिया सामुदायिक खानेपानीका अध्यक्ष टिकादत्त जोशी,सुदूरपश्चिम विश्वविद्यालय प्रध्यापक संघका सभापति डा. राजेन्दविर चन्द,सामुदायिक विकास केन्द्रका अध्यक्ष हेम जोशी,शिखर काफली समाजका कोषाध्यक्ष पदम बहादुर जोरा लगायतकाले शिखर काफली समाजले डोटेली कला संस्कृति र पहिचान संरक्षणको क्षेत्रमा पनि काम गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा समाजका अध्यक्ष विष्णु महराले निकट भविष्यमा समाजले शिखर दर्पण बुलेटिन,शिखर डायरी र समाजको आफ्नै आवास भवन स्थापना गर्ने योजना रहेको जानकारी गराउदै त्यसका लागि सहयोग गर्न सबैमा अनुरोध गरेका थिए । समाजका सचिव जगन्नाथ जोरा द्धारा संचालित उक्त कार्यक्रम समाजका अध्यक्ष विष्णु महराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply