पशु स्वास्थ्यकर्मी मिलेर काटिदिँदै छन् सौराहामा हात्तीका नङ

सौराहास्थित हात्ती दौड प्रतियोगिता गरिने चौरको नजिकै राप्ती नदीको किनारमा दुईवटा हात्तीहरू सुतिरहेका छन्। नेपाली, विदेशी अनुहारका केही व्यक्तिहरु ती हात्तीको पैतालामा हँसिया र चक्कु चलाइरहेका देखिए।

अचेल यहाँ हात्तीको स्वास्थ्य परीक्षण तथा उपचार चलिरहेका रहेछ। राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाका पशु चिकित्सक अमिर षडौलाकाअनुसार बुधबार सम्ममा चितवन राष्ट्रिय निकुञ्जका १६ सहित ४४ वटा हात्तीहरूको स्वास्थ्य परीक्षण गरिएको छ। सोमबारबाट सुरू भएको स्वास्थ्य शिविर तिहारसम्मै चल्ने र नसकिए तिहार पछि पनि हुने उनले बताए।

अमेरिकाको कोलोराडोस्थित क्याटी एडम्सन कन्जरभेसन फण्डको आर्थिक तथा प्राविधिक सहयोगमा चितवन राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्रले हात्तीहरूको स्वास्थ्य परीक्षण गरेका हुन्।

अमेरिकाको उक्त संस्थाले गत वर्ष पनि हात्तीको स्वास्थ्य परीक्षणमा सहयोग गरेको थियो। वन्यजन्तुको उद्धार तथा उपचारमा लामो समयदेखि सघाउँदै आएको यो संस्थाले सौराहामा रहेको वन्यजन्तु अस्पताल निर्माणमा पनि सहयोग गरेको थियो।

सौराहास्थित हात्ती प्रजनन् केन्द्र र बाघमारा सामुदायिक वन नजिकैको चौरमा गरिएको परीक्षणमा अमेरिकाबाट आएका दुई जना पशु चिकित्सकसहित १५ जना स्वास्थ्य प्राविधिकहरू पनि सहभागी छन्। उनीहरु चितवन निकुञ्ज र जैविक विविधता संरक्षण केन्द्रका पशु चिकित्सक तथा प्राविधिकसँगै स्वास्थ्य परीक्षणमा खट्ने गरेका छन्।चितवनमाभन्दा पहिले बर्दिया राष्ट्रिय निकुञ्जका हात्तीहरुको स्वास्थ्य परीक्षण तथा उपचार गरिएको थियो।

हात्तीको स्वास्थ्य परीक्षण बर्दियाबाट सुरू भएको डा.षडौलाले जानकारी दिए। एक वर्षभन्दा बढी उमेरका सबै हात्तीलाई जुकाको औषधि र ९ देखि ५५ वर्षसम्मका हात्तीको खुट्टाको नङ काट्ने, घाउ सफा गर्नेलगायतका काम गरिएको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply