नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार अर्थात यमपञ्चक सुरु

नेपालीहरुको दोस्रो ठुलो पर्व तिहार अर्थात यमपञ्चक सुरु भएको छ । यसैगरी कंचनपुरको महेन्द्रनगर बजार लगायत देशभरका बजारमा तिहारका लागी चाहिने खाद्यान्न, लत्ताकपडा र घर सजावट लगायतका सामान किन्ने मानिसहरुको भिड बढेको छ ।

तिहार लागेसँगै कंचनपुर को महेन्द्रनगर बजारमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड पनि निकै बढेको छ । तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्रीहरु यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन्। विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरुको बजार क्षेत्रमा निकै भिड लागेको छ। बजारमा किनमेल गर्ने साथिभाईहरु संग घुम्ने र देउसी भैली खेली रमाइलो गर्ने मानिसहरुको पनि चहलपहल बढ्दो देखिन्छ ।

लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरंगी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ। त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ। आजबाट विधिवत रुपमा यमपञ्चक शुरु भएको छ। आज धनतेरस पर्व पनि मनाइँदै छन। दिवाली’ भनिने यो पर्वलाई ‘यमपञ्चक’ पनि भनिन्छ । पर्वको पहिलो दिन आज धातुका नयाँ सामान जोडेर धनतेरस मनाउन लागिएको हो । कात्तिक कृष्ण त्रयोदशीको रात पर्ने दिनलाई ‘धनतेरस’ भनिन्छ । यस दिन नयाँ धातुका सामान किनेर पूजाआराधना गर्दै दीपावली पर्व प्रारम्भ गर्ने परम्परा छ ।सुन, चाँदीका सामग्रीहरुको पूजा गरेर धनतेरस मनाइने गरिन्छ। आज बेलुका यमदीपदान शुरु गर्ने र भोलिबाट क्रमशः काग तिहार, कुकुर तिहार, लक्ष्मीपूजा, गोरु तिहार र भाई टीका मनाउने गरिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply