वडाध्यक्षलाई जातीय विभेद अपराधमा साढे ४ महिना कैद २७ हजार रुपैयाँ जरिवाना

धनगढी :- पाेखरा महानगरपालिका-२४ का वडाध्यक्ष भरतबहादुर अधिकारी जातीय विभेदको कसुरमा दोषी ठहर भएका छन्।

जिल्ला अदालत, कास्कीले वडाध्यक्ष अधिकारीलाई जातीय विभेदमा दोषी ठहर गरी ४ महिना कैद र ७५ हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
आफ्नै वडा सदस्यमाथि विभेद गरेको अभियोग लागेका अधिकारीलाई न्यायाधीश अवन कोइरालाको इजलासले ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना तिरे पुग्ने कसुर भए पनि जनप्रतिनिधिसमेत रहेकाले थप १ महिना कैद र २५ हजार रूपैयाँ जरिवाना तिर्नुपर्ने फैसला गरेको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply