दलित अधिकार सुनिश्चित हुनुपर्छ-राष्ट्रिय अध्यक्ष जेबी बिश्वकर्मा

धनगढी :- दलित संघ संस्थाहरुको साझा छाता संगठन दलित गैरसरकारी संस्था महासंघ(डि.एन.एफ.)नेपालको तेश्रो अधिबेशन धनगढीमा सम्पन्न भएको छ । अधिवबेशनको एक कार्यक्रमका विच कार्यक्रमका प्रमुख अतिथी एंव दलित गैरसरकारी संस्था महासंघ नेपालका राष्टिय अध्यक्ष जेबी विश्वकर्मा ले उद्धघाटन गर्नुभयो ।

अधिवशेनलाई संबोधन गर्नुहुदै राष्टिय अध्यक्ष विश्वकर्माले देश लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि अझै पनि दलित समुदायको हक अधिकार सुनिश्चित हुन नसकेको बताउनु भयो । उहाँले दलित अधिकार सुनिश्चितताका लागि बनेका ऐन कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिनुभयो ।
कार्यक्रममा महासंघका पूर्व केन्द्रीय अध्यक्ष गजाधार सुनारले दलित सशक्तिकरण ऐन कार्यान्वयन प्रदेश सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो ।
तेश्रो अधिबेशनले महासंघको प्रदेश अध्यक्षमा प्रेम बिसी निर्वाचित भएका छन । महासंघको उपाध्यक्षहरुमा सकुन्तला सोब,दिपा नेपाली,बिनोद नेपाली,सचिवमा चक्र नेपाली,उपसचिवमा राजेन्द्र रैका,कोषाध्यक्षमा देवी विश्वकर्मा निर्वाचित भएका छन । त्यस्तै सदस्यहरुमा क्रमशः हरिकृष्ण ताम्राकार,जगदिश कोली,निर्मला विक,प्रेम प्रकाश चदारा,नरेश सिजापती लगायत निर्वाचित भएका छन् ।
अधिबेशनले विर्षलाल विक,इृन्द्रा दानपाली,विष्णु वि.क लाई सल्लाहकारमा चयन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply