कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता

३० धनगढी कञ्चनपुरको कृष्णपुर नगरपालिका २ मा वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको छ । कृष्णपुर नगरपालिका २ नम्बर वडाको आयोजनामा प्रथम वडाध्यक्ष फुटबल प्रतियोगिता हुने भएको हो । ‘हाम्रो गोल लागु औषध बिरुद्धको गोल’ भन्ने मुल नाराका मछेली खेलमैदानमा हुने भएको आयोजकले जनाएको छ ।

उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको कृष्णपुर नगरपालिका २ नम्बर वडाले जनाएको छ ।

कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले ग्रामिण भेगको खेलकुद बृद्धि विकासका साथै लागु औषध दुव्र्यसनीका रहेका किशोर युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणमा जुटाईने बताए ।

‘हाम्रो मुल उदेश्य ग्रामिण भेगका युवाहरुलाई खेलकुद माध्यमबाट संरक्षणका साथै खेलकुद विकास गर्ने हो, ‘उनले भने, ‘किशोर युवाहरुलाई खेलप्रति उत्साहित गर्नुपनि हो ।’ उक्त प्रतियोगितामा कृष्णपुर नगरपालिका ९वडाकै टिम र बाँकी छिमेकी पालिकाका टिम गरेर १६ टिम सहभागि हुने छन ।

प्रतियोगिता विजेता टिमलाई नगद ७५ र उपविजेतालाई ४१ हजार नगद सहित ट्रफि,मेडल प्रमाण पत्र वितरण गरिनेछ । प्रतियोगिताको तयारी पुरा भएको छ । दिउँसो १२ बजे सुदूरपश्चिम प्रदेश सरकारका समाजिक विकासमन्त्री झपड बहादुर साउदले उद्घाटन गर्ने कार्यक्तममा कृष्णपुरका जनप्रतिनिधी, सहितको सहभागिता हुने भएको छ ।

यसरी वडा कार्यालयबाटै ग्रामिण भेगका किशोर, युवाहरुलाई खेलकुद क्षेत्रमा जोडने काम गरेपछि स्थानीयखेलप्रेमी हर्षित भएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply