आईडल ३ मा सानभी बुक्सको साथ

धनगढी : नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आईडल-३ मा सानभी बुक्स एण्ड स्टेशनरी पनि जोडिएको छ ।

एसईई आइडलको तेस्रो संस्करणमा पार्कमोड धनगढीमा रहेको सानभी बुक्स एण्ड स्टेशनरी स्टेशनरी पार्टनरका रुपमा जोडिएको हो । सुप प्रदेश भरिका विद्यार्थीका प्रतिभा उजागर गर्ने अभियानमा सहकार्य गर्न पाउँदा खुसी लागेको सानभी बुक्सका संचालक सुनिल ओझाले बताए ।

एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply