सुदुरपश्चिमका सबै खेलाडीका हातमा स्वर्ण पदक

धनगढी भारत स्थित देहरादुनमा भएको सातौं अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पीयनसीपमा सुदुरपश्चिमका खेलाडीले सबैभन्दा बढी स्वर्ण पदक जितेका छन्। च्याम्पीयनसीपमा दोस्रो स्थान हासिल गरेको नेपालका लागि सबैभन्दा बढी सुदुरपश्चिम प्रदेशका खेलाडीहरुले स्वर्ण पदक जितेका हुन्। प्रतियोगितामा सहभागी भएका सुदुरपश्चिम प्रदेशका कुनै पनि खेलाडी पदक विहीन नभएको नेपाल तेक्वान्दो संघ सुदुरपश्चिम प्रदेश समितिले जनाएको छ।  

प्रतियोगितामा भारत पहिलो बन्दा नेपालले २८ स्वर्ण सहित दोस्रो स्थान हासिल गरेकोमा सुदुरपश्चिमका खेलाडीहरुले ७ स्वर्ण जितेका छन्।
नेपालबाट ७० जना खेलाडी सहभागी भएकोमा २८ स्वर्ण पदकमा सबैभन्दा बढी पदक सुदुरपश्चिमका ७ जना खेलाडीले जितेका हुन्। स्वर्ण पदक जित्ने सुदुरपश्चिमका खेलाडीहरुमा भुवन सार्की, पुर्णिमा भट्ट, हसिना राना, सोमु नेपाली, अनिष धामी, अस्मिता विक र दिपा राना रहेका छन्। देशको सामाजिक तथा आर्थिक विकासमा सहयोग पुर्याउने खेलकुदले नागरिकको शारीरिक स्वस्थता कायम राख्न सहयोग पुग्छ । खेलकुदको माध्यमबाट अनुशासन, व्यक्तित्व तथा नेतृत्व विकास, सामाजिक सद्भावसमेत कायम गर्न मद्दत पुग्दछ ।

खेलकुदका विभिन्न कार्यक्रम तथा प्रतियोगिताले खेलाडीलाई खेलप्रति आकर्षिक गर्नुका साथै पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्दछ । खेल प्रतियोगिताले व्यापार, व्यवसायमा पनि सकारात्मक प्रभाव पर्दछ । अन्य पूर्वाधारसँगै खेल क्षेत्रको विकासलाई पनि प्रदेश तथा स्थानीय सरकारले पर्याप्त लगानी गर्नु आवश्यक छ । खेलकुदको माध्यमबाट आर्थिक, सामाजिक विकास गर्दै समृद्ध बनाउन बढीभन्दा बढी खेल प्रतियोगिता आयोजना हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply