पुष ९
कञ्चनपुरका साढे पाँच हजार भन्दा बढि उखु किसानले अनुदान रकम पाउने भएका छन । गत बर्ष उखु बिक्रि वितरण गरे बाफत कञ्चनपुरका ५ हजार ७ सय ६३ उखु किसानले अनुदान रकम पाउने भएका हुन ।
कोष तथा लेखा नियन्त्रण कार्यालय कञ्चनपुरका कोष नियन्त्रक सबिना वनले ५ हजार ७ सय ६३ उखु किसानका लागि ३२ करोड ६६ लाख अनुदान रकम वितरण गरिने बताए । उनका अनुसार गत आर्थिक बर्ष ०७९÷०८०मा उखु बिक्रि गरे बाफत जिल्लाका किसानले उक्त रकम पाउने भएका छन ।
कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको संयोजकत्वमा रहेको भुक्तानी सिफारिस समितिले गरेको सिफारिसका आधारमा विभिन्न ६ बैक मार्फत किसानले अनुदान रकम पाउने भएका हुन ।
‘केन्द्रबाट उखु किसानका लागि अनुदान वितरणका लागि अख्तियार आईसकेको छ, ‘कोष नियन्त्रक सबिना वनले भनिन, ‘दुवै उद्योगबाट प्राप्त विवरण र सिफारिस समितिले गरेको सिफारिका आधारमा प्रति क्विन्टल ७०रुपैयाका दरले अनुदान रकम वितरण हुन्छ ।’
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय औद्योगिक तथा लगानी प्रर्बद्धन महाशाखाले आर्थिक बर्ष ०७८÷०७९ मा प्रति क्विन्ट ५सय २०रुपैया तोकेको थियो । केही दिन अघि मन्त्रिपरिषद् बैठकबाट उखु किसानको अनुदानको रकम भुक्तानी दिनेदेखि मुल्य निर्धारण गरेको थियो ।
प्रति क्विन्टल ५ सय ६५रुपैया निर्धारण गरिएको छ । भने अब किसानले ७० रुपैया अनुदान सहित ६सय ३५रुपैया पाउँने भएका छन । बेलौरी नगरपालिका १० शिवनगरमा रहेको महाकाली सुगर ईण्डिष्ट्रज प्रालि र पुर्नवास नगरपालिका २ दशरथबस्तीमा रहेको भागेश्वर केमिकल प्रालिमा गत बर्ष जिल्लाका उखु किसानले बिक्रि गरेको उखु बाफत यस बर्ष अनुदान रकम पाउन लागेका छन ।
ढिलैभएपनि उखु किसानले अनुदान रकम पाउने भएपछि हर्षित भएका छन । उखुहकहित समितिका कोषाध्यक्ष चेतन कुमार राईले उखु उद्योगबाट भुक्तानी हुने बेला अनुदान रकम पनि हस्तान्तरण गर्नुपर्नेमा जोडदिएका छन ।
