पिएम कप क्रिकेट सुदूरपश्चिम छनाैट

पुष ९
बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा डाेटीले सुखद शुरूवात गरेकाे छ । सुखद शुरूवात गर्ने क्रममा डाेटीले दार्चुलालाई ८ विकेटले हरायाे । जितका लागि पाएकाे ८२ रनकाे सामान्य लक्ष्य डाेटीले १७ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्याे । जसमा हृदय विठारीले अविजित २७ र अनुराग सिंहले २० रनकाे याेगदान गरे।हृदय म्यान अफ द म्याच चुनिएका स्काेरर नरेन्द्र चन्दले बताउनुभयो । दार्चुलाका विरेन बमले २ विकेट हात पारे । यसअघि दशरथचन्द क्रिकेट मैदान, सुन्दरखालीमा टस जितेर ब्याटिङ गरेकाे दार्चुला ३०.४ ओभरमा ८१ रनमा समेटियाे । उसका विपिन धामीले सर्वाधिक १६ रन बनाए। डाेटीका सुर्य श्रेष्ठ र आयुस द्वारियाले समान ३/३ विकेट हात पारे ।

जितसंगै डाेटीले क्वालिफायर हुने सम्भावना राखेकाे छ भने दाेस्राे खेलमा पनि पराजय ब्यहाेरेकाे दार्चुलाकाे सम्भावना करिब सकिएकाे छ । प्रतियोगिता अन्तरगत भाेलि बझाङ र दार्चुला भिड्नेछन् । सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयाेजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएकाे हाे । प्रादेशिक क्रिकेट संघले यस वर्षदेखि दुई चरणमा प्रदेश छनाैट गरिररहेकाे छ । पहिलाे चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भइरहेको छ। दाेस्राे चरणमा कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन् । प्लेट च्याम्पियनसिपमा दार्चुला, बझाङ, डडेल्धुरा, डाेटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी, कैलाली, कञ्चनपुर र अछाम सहभागी छन् । गतवर्षकाे प्रदेश छनाैटमा सेमिफाइनल पुगेका टाेलीले साेझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टाेलीले प्लेट च्याम्पियनसिप खेल्न लागेका हुन् । प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीले ईलिट च्याम्पियनसिपमा सहभागी हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बाेहराले बताउनुभयो । ईलिट च्याम्पियनसिपकाे उद्घाटन खेलमा पुस १४ गते बैतडी र प्लेट च्याम्पियनसिपकाे विजेता टाेलीबीच खेल हुनेछ । खेलाडीहरूकाे क्षमता अभिबृद्धिका प्लेट र ईलिट च्याम्पियनसिपकाे आयाेजना गरिएको नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply