पुस ११
धनगढी : नृत्य र गायन विधाको सुप प्रदेश स्तरीय प्रतियोगिता प्रदेश युवा परिषद् एसईई आईडल-३ मा बि.टि.भि. पनि जोडिएको छ । आज भएको सम्झैता अनुसार आइडलले टेलिभिजन पार्टनरका रुपमा बि.टि.भि. को साथ पाएको हो ।
एसईई आईडल आयोजक संस्था प्रभात मिडिया एण्ड ईभेन्ट प्रा.लि.का अध्यक्ष प्रकाश छेडाल र बि.टि.भि.का प्रतिनिधि रमेश ऐडीले सहकार्य सम्बन्धी सम्झौतामा आज हस्ताक्षर गरेका छन् । सम्झैता अनुसार अब छिट्टै बि.टि.भि.बाट हरेक दिन आइडलका छनोट चरण(अडिसन) का हरेक प्रतिस्पर्धीका नृत्य र गायनका भिडियोहरु प्रसारण हुनेछन् । यसै गरि बि.टि.भि.ले एसईई आइडलको धनगढीमा हुने केही अडिसन, सेमिफाईनल र फाईनलको प्रतक्ष्य प्रसारण पनि गर्नेछ ।
एसईई आईडलका सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरु आयोजना हुनेछन् । जसमा यस वर्ष एसईई दिने विद्यार्थीहरुले सहभागी हुन पाउनेछन् । यस बर्षको असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् । जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।
अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ भने यस संस्करणका अडिसनहरु पनि आयोजना भईरहेका छन् ।
