प्रहरीको मिलेमतोमा तस्करी भएको आरोप

पुस ११ गणेश क्षेत्री
धनगढी : लुम्बिनी प्रदेश को गुलरिया मा प्रहरीको मिलेमतो मा मालसामान भारतबाट आउने गरेको स्थलगत रिपोर्टिङ को क्रममा खुलासा भएको छ
जिल्ला प्रहरी कार्यालय बर्दिया का इन्चार्ज प्रहरी उपरीक्षक सुधिर राज शाहिले खुल्ला सिमा नाका भएकोले मालसामान भित्रीदैन भनेर भन्न नसकिने बताउनुभयो । गस्ती नियमित गर्ने गर्छौ र अबैध सामान भेटियमा जफत गर्ने बताउनुभयो गुलरियाका भन्सार प्रमुख धन बहादुर शाहिले अन्य ठाउँको भन्दा भारतिय भु भाग नेपाल को भित्रसम्म पर्ने र नदिनाला समेत नपर्ने हुनाले तस्करी नियन्त्रण गर्न गार्हो भएको बताउनुभयो

भौगोलिक हिसाबले सिमाना भन्दा पनि साँध नै जोडीएको अवस्था छ। गाह्रो छ नियमित गस्ती गर्छौ र नियन्त्रण मा लिने हाम्रो अथक प्रयास रहनेछ भन्सार प्रमुख शाहिले बताउनुभयो ।
सशस्त्र प्रहरी का प्रबक्ता तथा निमित्त प्रमुख सशस्त्र प्रहरी नायब उपरीक्षक जङ्ग कुँवर सङ्ग भेटेर कुरागर्दा चोरीपैठारी नियन्त्रण गर्न सशस्त्र प्रहरी कटिबद्द रहेको बताउनुभयो ।

तर स्थलगत रिपोर्टिङ को क्रममा मुख्य नाकाबाट सामान दैनिक १५ देखि २० हजार बराबरको औसतमा राजस्व काटेर मात्रै भित्रीने गरेको पाइयो ! जबकि छोटि भन्सार भएपनि क्वारेन्टाइन को ब्यवस्था रहेको छ । रातारात जिल्ला प्रहरी कार्यालय को नजिकै बाट लगभग ५ सय मिटरको दुरिमा भारतिय र नेपाली तस्करहरुले मालसामान ओसारपसार गर्ने गरेको स्थानीय ले बताय । नेपाल प्रहरीले सादा पोसाकमा प्रहरी नखटाउने निर्णय गरेपनी प्रहरी कार्यालयहरुले सादापोसाक का कर्मचारी हरु खटाउन छोडेका छैनन् । जिल्ला प्रहरी कार्यालय का प्रहरी नायब उपरीक्षक तुल्सिराम अर्यालले सादा पोसाक का प्रहरी मार्फत रकम लिएर बिना भन्सार ओसारपसार गर्नेहरुलाइ छुट दिएको स्थानीय ले बताए । तुल्सिराम अर्याल ईलाका प्रहरी कार्यालय टीकापुरमा इन्चार्ज भएको बेला शान्तिसुरक्षा कायम गर्न असफल र बिवादित भएपछि ३ महिनाको छोटाे अबधिमा हेड क्वाटर ले लुम्बिनी प्रदेशमा सरुवा गरेको थियो । स्थलगत रिपोर्टिङ को क्रममा भौगोलिक हिसाबले भारतिय भुभाग नेपाल को भित्र सम्म रहेको र नदिसमेत नतर्नुपर्ने स्थिति देखिएको र सुरक्षाकर्मी को उपस्थित भन्सारमा मात्रै सिमित रहेको देखिएको थियो । बिहान ५:३० बजेको समयमा फोटाे खिच्ने क्रममा तस्करहरुले फाेटाे खिच्दा अबरोध गरेका र धम्की समेत दिएका थिए । भारत नेपाल को भन्सार सिमामा बाहेक भित्री बाटोमा कुनैपनी प्रहरी र सशस्त्र प्रहरी को उपस्थिति देखिएको थिएन । गुलरिया भन्सारमा २०८०/८१को श्रावण महिनामा ४ लाख ७५ हजार २ सय ३३ , भाद्र महिनामा ४लाख ६६ हजार ३२ रुपैयाँ , असोज मा ४ लाख १३ हजार ४ सय ८८ रुपैया कार्तिकमा ७लाख २१ हजार ६ सय ४४रुपैया र मङ्सिर मा ८ लाख ४४ हजार २ सय ३५रुपैयाँ मात्रै राजस्व सङ्कलन गरेको भन्सार प्रमुख शाहिले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply