कञ्चनपुरमा एसईई आइडलको 2 अडिसन सम्पन्न

धनगढी :- सुप प्रदेश स्तरीय नृत्य र गायन विधाको प्रतियोगिता एसईई आइडल ३ का दुई अडिसन कंचनपुरको पुनरबास नगरपालिकामा आज सम्पन्न भएका छन् । पुनरबासको अमरबस्तीमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयमा आइइलको पन्ध्रौँ र र भिमबस्तीमा रहेको विजय माध्यमिक विद्यालयमा सोह्रौँ अडिसन सम्पन्न भएका हुन् ।

आज दुवै अडिसनमा नृत्य र गायन विधामा 15 जना विद्यार्थीहरुले सहभागिता जनाएका छन् । सहभागी विद्यार्थीहरुलाई छात्रवृत्ति कुपन र सहयोगी पुस्तिका प्रदान गरिएको छ ।

एसईई आइडल ३ का सुपका ९ जिल्लाका ३० बढी स्थानहरुमा अडिसनहरुमा आयोजना गरिनेछ । यस वर्ष एसईई दिने विद्यार्थीहरुले अडिसनमा सहभागी हुन पाउनेछन् । यस वर्ष पनि गत बर्ष जस्तै नृत्य र गायन प्रतिभाहरुले आफ्नो प्रतिभा प्रदर्शन गर्न पाउनेछन् । असोज देखि फाल्गुण सम्म सुपमा ९ जिल्ला भरि नै अडिसन प्रतियोगिताहरु संचालन हुनेछन् जहाँबाट नृत्य र गायन विधाका उत्कृष्ट ३०-३० जना प्रतिस्पर्धिहरुले २०८१ बैशाखमा हुने दोस्रो चरणमा प्रवेश पाउनेछन् भने दोस्रो चरणमा उत्कृष्ट हुने नृत्य र गायन विधाबाट १५-१५ जना प्रतिस्पर्धीहरुले २०८१ असार १ गते हुने फाईनलमा प्रवेश पाउनेछन् । फाईनलबाट दुवै विधामा १-१ जना विजेता र १-१ जना उपविजेता बन्नेछन् । दुवै विधाका विजेता र उप विजेताले क्रमश: रु. ५०-५० हजार र रु. २५-२५ हजार सहित कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्ति पाउनेछन् । साथै दुवै विधाका उत्कृष्ट ५ भित्र पर्ने अन्य प्रतिस्पर्धिहरुले कक्षा ११-१२ मा आंशिक छात्रवृत्ति पाउनेछन् ।

थप अडिसन स्थलहरुको खोजी भईरहेकोले यस प्रतियोगिता सहभागी हुन ईच्छुक विद्यार्थी तथा विद्यालयहरुलाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ । आयोजकले यस भन्दा पहिले पनि २ संस्करणहरु भव्य रुपले आयोजना गरि सकेको छ ।

मुख्य प्रबर्द्धकका रुपमा प्रदेश युवा परिषद्, सुप रहेको एसईई आइडल ३ मा रेडिकल यस कार्यक्रममा रेडिकल एकेडेमी लगायतका विभिन्न संघसंस्थाको पनि विशेष सहयोग रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply