पुस १६
कञ्चनपुरको दक्षिण भएर कैलाली र कञ्चनपुर सदरमुकाम धनगढी महेन्द्रनगर जोड्ने हुलाकी सडक समयमै निर्माणमा जोडदिईएको छ । जिल्लाका सरोकारवालाहरुले हुलाकी सडक समयमै बन्नुपर्नेमा जोडदिएका हुन । आइबार पुनर्वासको सिमरीमा भएको छलफलमा सहभागिहरुले समयमै हुलाकी सडक बन्नुपर्नेमा जोडदिएका हुन । हुलाकी सडक निर्माणका लागि विकासको अभियान थालेका खेम सुवेदीले डोकेबजार हुँदै पुनर्वास, बेलौरी बेलडाँडी हुँदै दैजी भएर महेन्द्रनगर जोड्ने हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएकाले निर्माण व्यवसायी र सरकारको ध्यानाकर्षण गराएका छन । उनले दोदा नदीको पचगडीमा डबललेनको पुल निर्माण हुने बताए । २सय २०मिटर लम्बाई र ११मिटर चौडाईको पुल सहित उक्त क्षेत्रमा झण्डै डेढ किलोमिटर तटबन्ध निर्माण गरिने बताए । पुल निर्माणसंगै जनतालाई यातायात र तटबन्ध निर्माण भएपछि सिमरीको वाढी रोकिने बताए । एमाले नेता सुवेदीले आफ्नै पहलमा पुल र तटबन्ध निर्माण भईरहेको बताए । ०६५सालदेखिको वाढीको समस्या समाधान हुने बताए । सुवेदीले कञ्चनपुर खण्डमा रहेको पुरै हुलाकी सडक समयमै निर्माण गर्न समेत आग्रह गरेका छन । कार्यक्रममा प्रतिनिधी सभा सदस्य तारालामा तामाङ्ग, राष्ट्रिय सभा सदस्य ईन्दु कडरिया विष्ट, पुनर्वास नगरका निर्वतमा उपमेयर शारदा विष्ट, एमाले नेता करमसाय रानाले समेत हुलाकी सडक निर्माणमा ढिलासुस्ती भएको भन्दै समयमै निर्माण गर्नुपर्नेमा जोडदिएका थिए । कार्यक्रममा हुलाकी राजमार्ग आयोजना धनगढीका प्रमुख पारशमणी हमालले अधुरो सडक निर्माणका लागि ठेकेदारलाई ताकेता गर्ने बताएका थिए ।
