गणेश क्षेत्री
धनगढी :-खक्रौला स्थित सत्ती भन्सार कार्यालय ले २०८० /८१ मा पौष मसान्तसम्म मा लक्ष्य को १ सय २ प्रतिशत राजस्व सङ्कलन गरेको छ
१२ करोड १४ लाख ७० हजार रुपैयाँ आर्थिक बर्ष २०८०/८१ को लक्ष्य रहेकोमा उक्त राजस्व ६ महिनामा सङ्कलन भएको भन्सार प्रमुख धनबहादुर शाही ले बताउनुभयो
भन्सार प्रमुख धन बहादुर शाहिले श्रावण महिनामा लक्ष्य ७८ लाख १० हजार रहेकोमा ७१ लाख ९ हजार ७ सय ५२ रुपैया , भाद्र महिनामा ९८ लाख ७८ हजार रहेकोमा १ करोड ११ लाख ८० हजार ९ सय ९२ रुपैया , असोजमा १ करोड ८ लाख ८९ हजार रहेकोमा ६२ लाख ६१ हजार राजस्व सङ्कलन गरेको बताउनुभयो
कार्तिक मा नयाँ भन्सार प्रमुख भएर धन बहादुर शाही आएपछि ९८ लाख १२ हजार लक्ष्य रहेकोेमा ९२ लाख ३५ हजार , मङ्सिर मा १ करोड ३ लाख २७ हजार रहेकोमा १ करोड २४ लाख ४ हजार र पौसमा १ करोड २४ लाख ७० हजार लक्ष्य रहेकोमा १ करोड ४२ लाख ७१ हजार राजस्व सङ्कलन भएको मुद्दा फाँट का पदम राज भट्ट ले बताउनुभयो
चोरिनिकासी भएर गएको सामानमा नेपाल प्रहरीले ६१ पटक गरेर ३३ लाख २१ हजार ६ सय ४२ रुपैया बराबरको सामान पक्राउ गरेर भन्सार दाखिला गरेको छ
त्यसैगरी नेपाल सशस्त्र प्रहरीले ६५ पटक अबैध सामान जफत गरेर १७ लाख १६ हजार ६ सय ८७ रुपैयाँ बराबरको सामान भन्सार दाखिला गरेको छ
खक्रौला स्थित प्रस्ताबित गुल्मका गुल्मपती सुर्य प्रकाश शर्माले आफ्नो मातहतमा रहेका सशस्त्र प्रहरी सिमामा हुने अबैध क्रियाकलाप रोक्न सक्षम रहेको बताउनुभयो
त्यसैगरी कालाकुन्डा स्थित प्रहरी चौकिका बरिस्ठ प्रहरी नायब निरीक्षक चङ्ख कठायतले नेपाल सरकारले प्रतिबन्ध गरेका क्रियाकलाप गर्नेलाई कानुनी दायरामा ल्याउने बताउनुभयो
खक्रौलाका भन्सार प्रमुख धनबहादुर शाहिले खकौलामा पशु क्वारेन्टाइन , प्लान्ट क्वारेन्टाइन नहुनाले राजस्व सङ्कलन सोचे अनुसार वृद्धि नभएको बताउनुभयो
प्रमुख शाहिले दरबन्दी अनुसारको कर्मचारी नहुनाले भन्सार को कार्य सुचारु गर्न र गस्ती गर्नमा समेत समस्या भएको ले भन्सार बिभागमा दरबन्दी अनुसार कर्मचारी को माग पटकपटक गरेको बताउनुभयो! कर्मचारी को कमिका बाबजुद पनि नियमित गस्तीमा जाने गरेको शाहिको भनाइ थियो
ब्यापारिहरु प्लान्ट र पशु क्वारेन्टाइन नहुनाले आफ्नो पाएक पर्ने खक्रौला भन्सार बाट नआएर झन्डै १ सय किलोमीटर टाढा धनगढी र नेपाल गन्ज को भन्सारको बाटो भएर सामान ल्याउँदा लागत खर्च बढ्नुका साथै समयको समेत बर्बाद हुनेगरेको ब्यापारी नृपराज खड्काले बताउनुभयो

