वाणी बजारमा २९औं जनयुद्ध दिवस सम्पन्न

कञ्चनपुर :-नेकपा माओवादी केन्द्र कृष्णपुर वडा न १,२ र ३ ले सयुक्त रुपमा आज साँझ ५:०० बजे वाणी बजारमा सयुक्त कोणसभा गरि २९औ जनयुद्ध दिवस सम्पन्न गरेको छ।

भेलाको सभापति नेकपा माओवादी केन्द्र कृष्णपुर १ का अध्यक्ष क. जंग ब.बुढाले गर्नु भएको थियो भने प्रमुख अथिती पार्टी प्रदेश कमिटी सदस्य क.अमिन प्रसाद दहितले गर्नु भएको थियो।
त्यसै गरि बिशिस्ट अतिथिहरुमा पार्टी प्रदेश कमिटी सदस्य क्रमश : नरहरी नाथ योगी,अर्जुन साउद,दीपक खत्री निर्माण र क. बलराम पन्त रहनु भएको थियो।
त्यसै गरि अतिथिहरुमा पार्टी जिल्ला कमिटी सदस्य क्रमश: क.जनक राज जोशी,इस्वर बुढा ,दिल ब बोहरा ,रामनाथ योगी,सुचित्र शाह र कृष्णपुर नगर कमिटी सचीव क. जगदीश मल्ल रहनु भएको थियो।

माओवादी केन्द्र समर्थित विभिन्न जवस मोर्चाका पदाधिकारी र वडा प्रतिनिधिहरुका साथै पचासौं शुभचिन्तकहरुको बिचमा सहिद परिवारका लक्ष्मी चौधरी र जोगनी चौधरीलाइ सम्मान गर्दै राष्ट्रियगानका साथ शुआरम्भ भएको कार्यक्रममा सँचालक दीपेन्द्र पालले कवि कृष्णसेन इच्छुकको बहुचर्चित प्रतिबन्ध शिर्षकको यो कविता

हाम्रा स्वरहरूमा प्रतिबन्ध लगाउँदै
हाम्रा ओठहरूमा ताल्चा झुन्ड्याउँदै
तिमी भन्छौ– गाउन त गाऊ
तर यो गीत नगाऊ
हामी भने त्यही गीत गाइरहन्छौँ

हाम्रा विचारमा प्रतिबन्ध लाउँदै
हाम्रा हातहरूमा हत्कडी पहिर्‍याउँदै
तिमी भन्छौ– लेख्न त लेख
तर यो गीत नलेख
हामी भने त्यही गीत लेखिरहन्छौँ

हाम्रा आस्थाहरूमा प्रतिबन्ध लाउँदै
हाम्रा खुट्टाहरूमा नेल भिराउँदै
तिमी भन्छौ– हिँड्न त हिँड
तर यो बाटो नहिँड
हामी भने त्यही बाटो हिँडिरहन्छौँ।

ओ शासक, प्रशासकहरू !
अस्वीकार्य छ हामीलाई
तिम्रा निरंकुश आदेशहरू
तिमी जतिसुकै हुकुम र फरमानहरू जारी गर
तिमी जतिसुकै जुलुम र उत्पीडनहरू सुरु गर
सक्छौ भने हाम्रा चेतनाहरूमा प्रतिबन्ध लगाऊ
र, सत्यलाई कैद गर
तर, ओ तानाशाहहरू !
तिम्रा बर्बर स्वेच्छाचारका विरुद्ध
हामी भने निरन्तर आवाज उठाइरहन्छौँ।

उठाइरहन्छौँ हामी तिम्रा विरुद्ध संघर्षका हातहरू
कसिरहन्छौँ हामी तिम्रा विरुद्ध विद्रोहका मुठीहरू
ओ, अत्याचारका पहरेदारहरू !
अन्तिम जीत हाम्रै हो
तिम्रो हारमाथि विजयको झन्डा गाड्दै
हामी भने अथक र अविचल
अन्तिम युद्ध लडिरहन्छौँ।

इतिहासको यस घडीमा
यसबेला केही निस्तेज शिरहरू झुकेर
सभक्ति अभिषेक चढाइरहेछन्
म तिम्रो ठाडो शिरलाई
झन् ठाडो देख्न चाहिरहेछु

यसबेला केही दुर्बल मुठीहरू फुकेर
विनीत भावले जुम्लेहात जोडिरहेछन्
म तिम्रो बज्र मुठीलाई
झन् सबल देख्न चाहिरहेछु

यसबेला केही थकित पाइलाहरू गलेर
माझ बिसौनीमै बास मागिरहेछन्
म तिम्रा जब्बर पाइलाहरूलाई
झन् अग्रसर देख्न चाहिरहेछु

यसबेला केही कर्णकटु स्वरहरू काँपेर
प्रशस्ति वाचन गरिरहेछन्
म तिम्रो प्रखर वाणीमा
युगको हुंकार सुन्न चाहिरहेछु

व्यथित देशको चिन्ताले
आहत जनताको पीडा र सुस्केराले
हरदम अभिभूत तिमी
ए मेरो युगको तरुण नायक !
यसबेला मैले कविता लेखूँ–नलेखूँ केही फरक पर्दैन
तर तिम्रो आँधी–बेहरीमय महायात्रा भने रोकिनु हुन्न
इतिहासको यस संक्रमणशील घडीमा
भोको पेटमा ऊर्जस्वी चेतनाहरूलाई
निधारबाट रगतका बाछिटाहरू पुछेर
दयालु मुद्रामा विषालु खाजा पस्किरहेछ, भद्र पुरुष
तिमी भने झुक्किनु हुन्न
कहाँ फुलेको छ र डाँडाको फेदीमा रातै लालीगुराँस
तिमी भने यो फेदीमै अलमलिनु हुन्न।

लाई वाचन गर्दै कार्यक्रमको सुरुवात गरेका थिए।सामन्ती राज्यसत्ता विरुद्धका विभिन्न आन्दोलनमा देशको खातिर ज्यान बलिदान गर्ने सम्पुर्ण शहिदहरुलाइ सम्झिदै १ मिनेट मौन धारण गरिएको कार्यक्रममा प्रमुख अतिथि अमिन प्रसाद दहितले जनयुद्धको जग नहुदो हो त यो देशमा अझैसम्म पनि सामन्तवाद हुन्थ्यो र महिला,मुस्लिम ,दलित,जनजाति ,आदिवासी र निमुखाको अधिकारको सुनिश्चितता हुदैनथ्यो ।हामी अहिले पनि रैती नै हुन्थ्यौ नागरिक होइन भन्नुभयो। उनले नागरिक सर्वोच्चताका लागि युग परिवर्तन खातिर बलिदानीको बेदीमा होमिने निर्णय गरेको दिन हो फागुन १ र निमुखा र आधारभूत तहका, समाजका विपन्न र हेपिएकाहरुको मुक्तिको खातिर जेहाद छेडिएको दिन हो फागुन १ भन्नुभयो।

कार्यक्रमको विचबिचमा स्वयं पनि साहित्यकार रहेका कार्यक्रम सँचालक दिपेन्द्र पालले कवि भुपी शेरचनको शहीदहरुको सम्झनामा शिर्षकको तल दिइएको कविताका कवितांश वाचन गर्दै कार्यक्रमलाई बडो गहकिलो बनाएका थिए।

हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए
ओठमा हाँसो, गालामा लाली तब आउँछ जगत्को
देशको पीरले भेटी जब वीरले चढाउँछ रगतको
घाँटीमा फाँसीको माला गाँसी वीरले हाँस्ता
मातृभूमिको चरण ढोगी भाग्दछ दासता
उम्रन्न बोट कसैले बीउ छरेर नगए ।

हामीले खाने प्रत्येक गाँसमा रगत छ शहीदको
हामीले फेर्ने प्रत्येक सासमा रगत छ शहीदको
हाम्रो मुटुको प्रत्येक चालमा छ धड्कन शहीदको
पाउने थिएनौँ खुशी तिनले छाडेर नगए
हामीले आफ्नो कर्तव्य बिर्से इतिहासले धिक्कार्ला
गोली निलेका शहीदका प्यारा ती लाशले धिक्कार्ला
शहीद रोलान् हामीले उन्नति गरेर नगए
हुँदैन बिहान मिर्मिरेमा तारा झरेर नगए
बन्दैन मुलुक दुई-चार सपूत मरेर नगए !
………..
र कार्यक्रमको समापन कार्यक्रमका सभाध्यक्ष जंग बुढाले गर्नु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply