सर्वाधिक धनराशी रहेको छैटौं अरनिको सैनिक कप ०८० समापन समारोह बिच सम्पन्न

७ फागुन धनगढी
सर्वाधिक धनराशी रहेको छैटौं अरनिको सैनिक कप ०८० समापन समारोह बिच सम्पन्न भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका २ अरनिकोबस्तीमा सम्पन्न स्व. प्रकाश दाहाल स्मृति छैटौं अरनिको सैनिक कप खुल्ला पुरुष फुटबल प्रतियोगिता २०८०“ को उपाधि आयोजक अरनिको युवा क्लबले हात पारेको छ । प्रतियोगिताको अन्तिम खेलमा आयोजक अरनिको युवा क्लबले त्रिभुवन युवा क्लबलाई ट्राईब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै छैटौं अरनिको सैनिक कप २०८० को उपाधि चुम्दै बिजेता बनेको हो ।

अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा मध्यन्तर अघि अरनिको युवा क्लबका लागि डिफेन्डर दिपेन सिहंले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै मध्यन्तर पश्चात त्रिभुवन युवा क्लबका खेलाडी प्रमोद तामाङले पनि त्रिभुवनका लागि १ गोल गर्दै खेललाई बराबरीमा पुर्याएको थियो ।

मध्यान्तरपछि त्रिभुवन युवा क्लबले गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । बराबर एक एक गोलको प्रतिष्पर्धात्मक र उत्कृष्ट खेल प्रदर्शनका बिच निर्धारित समय भित्र दुुबै टिमबाट गोल गर्न नसक्दा फाईनल खेल ट्राईब्रेकरमा प्रवेश गरेको थियो ।

अरनिको युवा क्लबका खेलाडी दिपेन सिहले मध्यान्तर अघि प्रहार गरेको पहिलोे गोल र मध्यान्तर पछि त्रिभुवनका लागि प्रमोद तामाङले प्रहार गरेको जवाफी गोल नै ट्राईब्रेकरबाट फाईनल खेललाई टुङ्गो दिने निर्णायक भुमिका बन्न पुग्यो उक्त ट्राईब्रेकरमा एक गोल चुक्न पुगी त्रिभुवन युवा क्लब ५–४ गोल अन्तरले उपविजेतामै सीमित हुनुप¥यो ।

विजेताले उपाधिसँगै नगद २ लाख ६० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता त्रिभुवन युवा क्लबलाई नगद १ लाख ३० हजार रुपैयाँ सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सचिव दिपेश तामाङले जानकारी दिए ।

प्रतियोगितामा सर्वोत्कृष्ठ खेलाडीको उपाधि अरनिको युवा क्लबका खेलाडी बिकेस तामाङ घोषित भए उनलाई नगद रु १० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र सहित सम्मानित गरिएको थियो । सर्वोत्कृष्ट खेलाडीको उपाधि आई।बी।आर।डी स्थित लक्ष्मण फेन्सीले प्रयोजन गरिएको थियो । यसैगरीे उत्कृष्ट मिड फिल्डरको उपाधि आयोजक अरनिको युवा क्लबका खेलाडी माधव भण्डरी ं, उत्कृष्ट स्ट्राईकर आयोजक टिमका कुवेर सिह, उदयमान खेलाडीको रूपमा अरनिको युवा क्लब पहेलोका बर्ष १५ का शौरभ मगर , उत्कृष्ट डिफेन्डर आयोजक टिमका दिपेन सिह, सर्वोत्कृष्ट गोलकर्ताको उपाधि सुदूरपश्चिम ११ का खेलाडी फागु चौधरीले प्राप्त गरेका थिए । त्यसै गरी फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक आयोजक क्लबका अमानत सैफ घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।

अरनिको खेलकुद बिकास समिति,अरनिको युवा क्लबको आयोजनामा प्रकाश दाहाल प्रतिष्ठान मुख्य प्रयोजक भई प्रथम र द्रोसो पुरस्कार सौजन्य रहेको र बिज्ञान एच आर म्यनेजमेन्ट प्रा।लिको सह प्रयोजक रहेको उक्त प्रतियोगिताको समापन समारोहमा पुर्व खानेपानी मन्त्री बिना मगरको प्रमुख आतिथ्यता तथा श्री नम्बर २५ बाहिनीका बहिनीपति सहयक रथी मनोज थापा र बिज्ञान एच आर म्यनेजमेन्ट प्रा।लिका प्रतिनिधी रामसिह तामाङ विशिष्ट अतिथिमा आसीन थिए ।

पुर्व खानेपानी मन्त्री बिना मगरले विजेता र उपबिजेता टिमका खेलाडीहरूलाई बधाई दिँदै पुनर्वास नगरपालिका भित्र फुटबल प्रतियोगिताको चहलपहल हेर्दा जिल्लामै फुटबल खेलका लागि उर्वर भूमि भएको उल्लेख गर्नुभयो । प्रमुख अतिथिको आसानमा रहनुभएकी पुर्व खानेपानी मन्त्री मगरले कञ्चनपुर क्षेत्र नं। १ को समग्र बिकासमा आफु कटिबद्ध रहेको बताउनुभयो । कार्यक्रममा अरनिको युवा क्लबका वरिष्ठ खेलाडी द्वय बल बहादुर तामाङ, फिलिप तामाङ तामाङ समुदायका ईश्वर शास्त्रमा विधापरिधि गर्नुभएका बेक बहादुर शुलेमान तामाङ र पुर्व खेलाडी किशोर तामाङलाई सम्मानित गरिएको थियो।

यसैगरी जिल्ला फुटबल संघका उपाध्यक्ष दाउत तामाङले राष्ट्रिय खेलकुद परिषद् लगायतका सम्बन्धित निकायले सहरी क्षेत्रमा मात्र ध्यान दिई ग्रामीण भेगका खेलाडीलाई बेवास्ता गर्दा अहिले नेपाली फुटबल खेलमा सोचे जस्तो फड्को मार्न नसकेको औँल्याए । राज्यबाट खेलकुदको लागि बर्सेनि करोडौँ बजेट विनियोजन गरिन्छ तर उक्त बजेट ग्रामीण क्षेत्रका खेलाडीहरूको लागि ’आकाशको फल, आँखा तरी मर’ भनेझैँ भएको उनले सुनाए । तसर्थ यस तर्फ सबैको ध्यान जना जरुरी रहेको बताए ।

त्यसै गरी अतिथिको आसनबाट बाल्दै वडा नंं ६ का वडाध्यक्ष मित्रसिह लामाले जिल्लाकै ठुलो धनराशिको खेल खेलाउन सफल अरनिको युवा क्लबको आफ्नै छुट्टै पहिचान रहेको बताए । उनले भने “पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँगाउँमा विभिन्न प्रतियोगिता हुने गरेका छन् । चाडबाडको समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेको छ ।“

क्लबका अध्यक्ष जित बहादुर तामाङले स्थानीयस्तरबाटै राष्ट्रियस्तरका खेलाडीहरूको उत्पादन गराउन सकिन्छ भन्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताए । अध्यक्ष तामाङले छैटौं अरनिको सैनिक कपको उदघाटन देखी समापन सम्मा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेका थिए । क्लबका सल्लाहकार रेभ। राजकुमार तामाङले खेल एकदमै विवाद रहित बनाउन थुप्रै चुनौतीहरूको बाबजुद पनि आयोजकको अथक प्रयासमा सम्पन्न गर्न सफल भएकोमा आयोजक कमिटि प्रति धन्यवाद ज्ञापन गरेका थिए ।

उनले गाऊवासीहरुको सहायोग र सहकार्यका बिच खेलडीहरुको सहयोगमा अरनिको सैनिक कप ०८० सभ्य र भ्ब्य रुपमा सम्पन्न गर्न सकेको जिकिर गरे । फुटबल प्रतियोगिताको समापन समारोहका अन्य वक्ताहरूले खेलकुद क्षेत्र युवाहरूका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र सङ्घीय तीनै तहका सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएर खेलकुदका गतिविधि गर्नुपर्ने आवश्यकता औल्याए ।

अरनिको युवा क्लबको आयोजनामा भएको स्व.प्रकास दाहाल स्मृति छैटौ अरनिको सैनिक कप, खुल्ला पुरुष फुटबल प्रतियोगितामा बिभागिय टिम सहित १८ टिमको सहभागी रहेको थियो । स्वदेश तथा बिदेशी खेलाडीहरुको उत्कृष्ट खेल प्रदर्शनीका साथ १८ टिम सहभागिता रहेको प्रतियोगिता अरनिको युवा क्लबको घरेलु खेलमैदानमा सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply