त्रिकोणात्मक टी-२० आइ सिरिजमा आज नेपालले नामिबियासँग खेल्दै

फागुन १८ धनगढी
त्रिकोणात्मक टी-२० आइ सिरिजमा आज नेपालले नामिबियासँग खेल्दैछ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र नामिबियाबीचको खेल बिहान साढे ११ बजे सुरू हुनेछ।

सिरिजको फाइनलमा पुग्न नेपालले आजको खेल जित्नैपर्ने दबाब छ।

सिरिजको अघिल्लो दुई खेलमा नेपाल पराजित भएको थियो।

पहिलो खेलमा नामिबियासँग २० रन र दोस्रो खेलमा नेदरल्याण्ड्ससँग २ रनले पराजित भएको थियो।

जारी सिरिजमा तीन वटै देशले २/२ खेल खेल्दा दुवै खेल जितेर नेदरल्याण्ड्स बलियो अवस्थामा छ। नामिबिया एक जित र एक हारसहित अंक तालिकामा दोस्रो स्थानमा छ।

बाँकी भएको दुवै खेल जित्न सके नेपाल फाइनलमा पुग्न सक्नेछ।

नेपालले भोलि नेदरल्याण्ड्ससँग खेल्नेछ।

नेपाली टिममा रोहित पौडेल (कप्तान), आशिफ शेख, कुशल भूर्तेल, कुशल मल्ल, दिपेन्द्रसिंह एरी, अभिनाश बोहरा, आरिफ शेख, सन्दीप जोरा, सोमपाल कामी, प्रतिश जिसी, करण केसी, ललित राजवंशी, अनिल साह, विवेककुमार यादव, गुल्सन झा छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply