प्रहरीले बैतडीमा ४७ हजार रुपैयाँ बराबरका भन्सार छलीकाअवैध सामान बरामद

१९ फागुन धनगढी
प्रहरीले बैतडीमा ४७ हजार रुपैयाँ बराबरका भन्सार छलीकाअवैध सामान बरामद गरेको छ । झुलाघाट भन्सारबाट छलि गरेर ल्याइएको सामान दशरथचन्द नगरपालिका–४ र वडा नं १० बाट बरामद गरिएको हो ।

भारतबाट भन्सार छली गरि ल्याएका ४७ हजार ४०० मूल्यको चिनी, तेल, मिठाई, दाल, मिश्री, नमकिन, सुपारी, चक्लेट, कफि लगायतका सामान बरामद गरिएको बैतडीका प्रहरी प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए । उक्त सामान प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाइको छ । बरामद गरिएको सामान आइतबार महाकाली भन्सार कार्यालय बुझाइने जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply