नेपाल लाइफ इन्स्योरेन्स अभिकर्ता पुर्ताजगी कार्यक्रम धनगढीमा भव्य रूपमा सम्पन्न

हेमा भट्ट, चैत १
धनगढी — नेपाल लाइफ इन्स्योरेन्स ले आयोजना गरेको अभिकर्ता पुर्ताजगी (Motivation तथा पुनर्ताजगी) कार्यक्रम धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ। बीमा सचेतना अभिवृद्धि, अभिकर्ताहरूको क्षमता विकास तथा सेवाको गुणस्तर थप प्रभावकारी बनाउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम धनगढी–३ स्थित पौवा होटलमा सम्पन्न भएको हो।

कार्यक्रममा कम्पनीका उच्च पदस्थ अधिकारी, बीमा क्षेत्रसँग सम्बन्धित व्यक्तित्व, विभिन्न शाखाका अभिकर्ता तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले अभिकर्ताहरूलाई थप ऊर्जा, प्रेरणा र ज्ञान प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रमका सभापति प्रदेश प्रमुख दीपकराज भट्ट रहेका थिए भने प्रमुख अतिथिका रूपमा कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल सहभागी भएका थिए। त्यसैगरी विशिष्ट अतिथिका रूपमा नायब महाप्रबन्धक एवं NSH उमापति पोखरेल तथा Business Operation Head एवं SAGM ओमप्रकाश पुडासैनी उपस्थित रहेका थिए।

यसैगरी अतिथिका रूपमा पेशागत बीमा अभिकर्ता संघ नेपाल का राष्ट्रिय ट्रेड केन्द्रीय सदस्य मष्टिक प्रसाद जैसी, पेशागत बीमा अभिकर्ता संघ महिला समिति नेपाल लाइफका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम इन्चार्ज दीपक प्रसाद जैसी लगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा महिला समिति नेपाल लाइफका केन्द्रीय सदस्यहरू नरेन्द्र प्रसाद जोशी, जानकी बोहरा, दुर्गा देवी भट्ट लगायत विभिन्न शाखाका अध्यक्ष तथा अभिकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन धनगढी–कैलाली शाखा प्रमुख गणेश राज अवस्थी ले गरेका थिए। स्वागत मन्तव्य राख्दै उनले जीवन बीमाको महत्व, यसको सामाजिक तथा आर्थिक सुरक्षामा रहने भूमिका र अभिकर्ताहरूको सक्रियताले बीमा क्षेत्र अझ सुदृढ हुँदै गएको उल्लेख गरे। उनले बीमाप्रतिको सकारात्मक धारणा विस्तार गर्न अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको पनि बताए।

कार्यक्रमका प्रमुख अतिथि अमित कुमार कयालले आफ्नो सम्बोधनका क्रममा जीवन बीमा मानिसको भविष्य सुरक्षित गर्ने महत्वपूर्ण माध्यम भएको बताए। उनले जीवनमा अनिश्चितता सधैं रहने भएकाले आर्थिक सुरक्षाका लागि बीमा अपरिहार्य रहेको उल्लेख गर्दै जीवन बीमाले परिवारलाई आकस्मिक परिस्थितिमा कसरी आर्थिक सहारा प्रदान गर्छ भन्ने विषयमा उदाहरणसहित प्रष्ट पारे। बीमाले भविष्यको जोखिम व्यवस्थापन गर्न सहयोग गर्ने भएकाले यसप्रति आम नागरिकलाई सचेत बनाउन अभिकर्ताहरूले अझ सक्रिय भूमिका खेल्नुपर्ने उनले बताए।

त्यसैगरी विशिष्ट अतिथि उमापति पोखरेलले बीमा सचेतना विस्तार गर्न अभिकर्ताहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले समाजमा बीमाप्रतिको सकारात्मक धारणा विकास गर्न, बीमालाई केवल औपचारिक प्रक्रिया नभई जीवनको आर्थिक सुरक्षासँग जोडिएको महत्वपूर्ण माध्यमका रूपमा बुझाउन अभिकर्ताहरूले गाउँ–समुदायसम्म पुगेर निरन्तर सचेतना फैलाउनुपर्नेमा जोड दिए। आम नागरिकलाई भविष्यमा आइपर्न सक्ने जोखिमबाट सुरक्षित बनाउन बीमाले महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसबारे सही जानकारी दिन अभिकर्ताहरू जिम्मेवार र सक्रिय हुनुपर्ने उनको भनाइ थियो।

कार्यक्रमका क्रममा पोखरेलले बीमाको महत्व, आवश्यकता र व्यवहारिक प्रयोगका विषयमा विस्तृत तथा सान्दर्भिक प्रशिक्षण कक्षा सञ्चालन गरेका थिए। उनले विभिन्न व्यवहारिक उदाहरणहरू प्रस्तुत गर्दै बीमाले विपद् वा अप्ठ्यारो परिस्थितिमा कसरी आर्थिक सहारा प्रदान गर्छ भन्ने विषय सहभागीहरूलाई सरल र सहज भाषामा प्रष्ट पारे। दैनिक जीवनसँग जोडिएका उदाहरणमार्फत बीमा सचेतना किन आवश्यक छ भन्ने विषयमा उनले गहिरो रूपमा जानकारी दिएका थिए।

उनको कक्षा केही लामो भए पनि अत्यन्त उपयोगी, ज्ञानवर्द्धक तथा प्रेरणादायी रहेको सहभागीहरूले बताएका थिए। कार्यक्रममा सहभागी अभिकर्ताहरूले पोखरेलको प्रशिक्षणबाट बीमासम्बन्धी धेरै नयाँ ज्ञान प्राप्त भएको भन्दै खुशी व्यक्त गरेका थिए। साथै, उनको उत्साहजनक र स्पष्ट प्रस्तुतीकरणले सहभागीहरूमा थप आत्मविश्वास र प्रेरणा प्रदान गरेको महसुस गरिएको थियो।

त्यसैगरी अर्का विशिष्ट अतिथि ओमप्रकाश पुडासैनीले बीमा केवल बचत वा लगानीको माध्यम मात्र नभई जोखिम व्यवस्थापनको प्रभावकारी साधन भएको बताए। उनले जीवन बीमाले आकस्मिक परिस्थितिमा परिवारलाई आर्थिक संकटबाट जोगाउने भएकाले प्रत्येक नागरिकले जीवन बीमा गर्नुपर्ने आवश्यकता औँल्याए। बीमा क्षेत्रलाई थप विश्वासिलो र प्रभावकारी बनाउन अभिकर्ताहरूको इमानदारी, समर्पण र सक्रियता महत्वपूर्ण हुने उनले बताए।
कार्यक्रममा विभिन्न वक्ताहरूले बीमा किन आवश्यक छ, जीवन बीमाले परिवार र समाजलाई कसरी सुरक्षा प्रदान गर्छ, भविष्यको आर्थिक स्थायित्वमा यसको कस्तो भूमिका रहन्छ भन्ने विषयमा सान्दर्भिक उदाहरणसहित आफ्नो धारणा राखेका थिए। कार्यक्रममा अभिकर्ताहरूबीच अनुभव आदान–प्रदान, बीमा सेवा विस्तारका सम्भावना तथा आगामी योजनाबारे समेत छलफल गरिएको थियो।

सहभागी अभिकर्ताहरूले बीमा क्षेत्रप्रति नागरिकमा सकारात्मक सन्देश फैलाउन आफूहरू अझ सक्रिय भएर लाग्ने प्रतिबद्धता व्यक्त गरेका थिए। उनीहरूले यस्ता कार्यक्रमहरूले अभिकर्ताहरूमा नयाँ ऊर्जा, उत्साह र प्रेरणा थप्ने विश्वास व्यक्त गरेका थिए।

बीमा क्षेत्रलाई थप प्रभावकारी बनाउँदै नागरिकको आर्थिक सुरक्षामा योगदान पुर्‍याउने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जनाएको छ। कार्यक्रमको अन्त्यमा सहभागीहरूले “नेपाल लाइफ इन्स्योरेन्ससँगै जीवन बीमा गरौँ” भन्ने सन्देशसहित समाजमा बीमा सचेतना फैलाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply