हेमा भट्ट, बैशाख १८
महेन्द्रनगर, कञ्चनपुर – कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका-१ मा टिप्परको ठक्करबाट एक किशोरको दुःखद मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्। सुपप्र ०२-००१ ख ०५९८ नम्बरको टिप्परले ठक्कर दिँदा स्थानीय १४ वर्षीय दिवस चुनराको ज्यान गएको प्रहरीले जनाएको छ।
दुर्घटनामा २२ वर्षीय नरेश लुहार घाइते भएका छन्। उनलाई थप उपचारका लागि भारतको खटिमातर्फ लगिएको छ। घटनापछि स्थानीयवासी आक्रोशित बनेका छन् भने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान अघि बढाएको जनाएको छ। मृतकको शव मुचुल्का उठाएर महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ।
यस घटनाले सडक सुरक्षाप्रति थप सचेतना आवश्यक रहेको देखाएको छ। सम्बन्धित निकायले दुर्घटना न्यूनीकरणका लागि कडाइका साथ नियम कार्यान्वयन गर्ने र दोषीमाथि कानुनी कारबाही गरिने विश्वास दिलाइएको छ।
