बालकमाथि कुटपिट प्रकरण: दोषी पक्राउ, कानुनी प्रक्रियामा अघि बढ्दै प्रशासन

हेमा भट्ट,बैशाख १७
कञ्चनपुरको बेदकोट नगरपालिका–५, पोलखरीमा ९ वर्षीय बालकमाथि चोरीको आरोप लगाउँदै गरिएको कुटपिट घटना निन्दनीय र अमानवीय रहेको भन्दै चौतर्फी विरोध भइरहेको छ। बालबालिकामाथि कुनै पनि प्रकारको हिंसा अस्वीकार्य हुने स्पष्ट सन्देशसहित सम्बन्धित निकाय सक्रिय भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता हेम ब. शाहीका अनुसार उक्त घटनामा संलग्न सोही स्थानका निवासी भोजराज नाथलाई पक्राउ गरी मुद्दा दर्ता गरिसकिएको छ। प्रारम्भिक अनुसन्धानमा बालकले गल्ती नगरेको हुन सक्ने संकेतसमेत देखिएको प्रहरीले जनाएको छ।

प्रहरीले यस्ता घटनामा कानुन हातमा नलिन, बालबालिकालाई सम्झाइबुझाइ गर्ने, अभिभावकसँग समन्वय गर्ने र आवश्यक परे प्रहरी प्रशासनको सहयोग लिन आग्रह गरेको छ। समाजमा सकारात्मक सन्देश फैलाउँदै बालअधिकारको संरक्षणमा सबै पक्ष जिम्मेवार बन्नुपर्ने आवश्यकता औंल्याइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply