हेमा भट्ट,बैशाख १८
कैलाली – जेसिआई धनगढीले आयोजना गरेको म्याराथन प्रतियोगिताअन्तर्गत महिलातर्फको ५ किलोमिटर दौडमा देवकी धामी प्रथम भएकी छन्। प्रतियोगितामा शिला चौधरी द्वितीय र अप्सरा बम ठकुरी तृतीय भएकी छन्।
खेलकुद प्रवर्द्धन र महिला सहभागिता बढाउने उद्देश्यसहित आयोजित उक्त प्रतियोगिताले स्थानीय स्तरमा खेलप्रति उत्साह थपेको आयोजकले जनाएको छ। विजेता खेलाडीहरूलाई सम्मान गर्दै आगामी दिनमा अझै ठूलो स्तरमा प्रतियोगिता सञ्चालन गरिने समेत बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
