मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला

२१ फागुन धनगढी
मोरङमा सशस्त्र प्रहरी बलका डिएसपी उपेन्द्र बस्याल मृत फेला परेका छन्।

सोमबार दिउँसो साढे २ बजेतिर धनपालथान गाउँपालिका-३ स्थित प्रस्‍तावित सशस्त्र प्रहरी सीमा सुरक्षा गुल्म सोराभागमा कार्यरत डिएसपी बस्याल झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका एसपी नवराज कार्कीले जानकारी दिए।

उनका अनुसार गुल्मको क्वार्टरस्थित कोठामा पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।

३८ वर्षीय उनी पाल्पाका हुन्। उनको परिवार काठमाडौं बस्दै आएको प्रहरीले जनाएको छ।

अहिले एसपी कार्कीसहितको टोली घटनास्थलतर्फ जाँदैछ। मृतकका परिवारलाई यस घटनाबारे जानकारी गराउने र अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यस घटनाबारे सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले पनि पुष्टि गरेका छन्। उनले घटनाबारे कारण खुलिनसकेको बताए।

अहिले उक्त खबरपछि ४ नम्बर गण कंकालिनी मोरङबाट सशस्त्र एसपी नेतृत्वमा टोली खटिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply