माओवादी केन्द्रद्वारा १७६ जना सहिद तथा वेपत्ता परिवारलाई गरे सम्मान

सरस्वती सुनार
कञ्चनपुर । नेकपा माओवादी केन्द्र कञ्चनपुरले १७६ जना सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको छ । कृष्णपुर नगरपालिका स्थित सिंहपुर सामुदायिककाे भवनमा साेमबार कार्यक्रम आयोजना गरी नेकपा माओवादी केन्द्रले परिवर्तनका लागि आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद तथा वेपत्ता परिवारलाई सम्मान गरेको हो ।

सहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज एवम् पुर्व स्वास्थ शिक्षा विज्ञान प्रविधि मन्त्री गिरिजामणि पाेख्रेलले वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । सहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता पाेख्रेलले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई विषेश सम्मान गर्ननसकेकोले आगामी सरकारले विषेश ध्यान दिने बताए ।  ज्यान गुमाएका सहिद वेपत्ता पारिएका सदस्य घाइते तथा अपाङ्ग सदस्यलाई सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

साथै सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत सहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे । सो अवसरमा नेकपा माओवादी केन्द्र कञ्चनपुर जिल्ला संयोजक खेमराज पाण्डे, संयाेजक रहेको कार्यक्रममा केन्द्रीय सदस्य देविलाल चौधरी, लाेकेन्द्र लम्साल, दिपा चौधरी, गाेविन्द बिक, टेकेन्द्र भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्य माननी ओम विक्रम भाट सरल,अमिन दहित सुर्य प्रदेश पार्टी सचिव जनक बुढा,सहिद तथा बेपत्ता याेद्दा परिवार समाज नेपाल सुदूरपश्चिम प्रदेश इन्चार्ज उमेश भट्ट विकास, बेलौरी नगरपालिका नगर प्रमुख पाेतिलाल चौधरी लगायतले धारणा राखेका थिए । 

कञ्चनपुर जिल्ला पार्टी संयोजक खेमराज पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । सहिद तथा वेपत्ता परिवारको घर–घरमा पुगेर नेकपा माओवादी केन्द्रले सहिद तथा वेपत्ता योद्धा र उनीहरूको परिवारको तथ्यांक संकलन गरेको र सोहि तथ्यांकका आधारमा सम्मान गरिएको पार्टीका जिम्मेवार विरबहादुर राजवंशीले जानकारी दिए ।

सहिद तथा बेपत्ता याेद्दा परिवार समाज कञ्चनपुरकाे जिल्ला भेला नरेन्द्र चौधरी जलनकाे अध्यक्ष्ातामा बैठक बसि साे भेलाबाट खडक साउद काे अध्यक्ष्यतामा १५ सदस्य जिल्ला समिति निर्वाचित गरेकोे छ। साथै सहिद प्रतिस्ठान नेपाल कञ्चनपुर जिल्ला शाखाको पारम्परिक भेला बाट विरबहादुर राजवंशीकाे नेतृत्वमा सहिद प्रतिस्ठान नेपालको ११ सदस्यीय जिल्ला शाखा गठन गरिएको जिल्ला संयोजक खेमराज राज पाण्डेले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply