देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता

२९ फागुन धनगढी
देशभर पशु चिकित्सक आवश्यकता भन्दा कम दर्ता भएका छन् । नेपाल पशु चिकित्सा परिषद्का अनुसार देशभर १ हजार १८० जना पशु चिकित्सकको कमी भएको पाइएको छ । परिषद्को पछिल्लो अध्ययन अनुसार तत्काल नेपालमा ३ हजार १६२ जना पशु चिकित्सकको आवश्यकता देखिएको छ । तर परिषद्मा जम्मा १ हजार ९८२ जना पशु चिकित्सक दर्ता भएका छन् ।

देशभर ४ वटा क्याम्पसबाट पशु चिकित्सा विषय अध्ययन हुने गरेको छ परिषद्ले जनाएको छ । परिषद्मा वार्षिक करिब २ सय जना पशु चिकित्सकले लाइसेन्सिङ परीक्षा उत्तीर्ण गर्छन् ।

हालै मात्र भएको भएको पशु चिकित्सकको लाइसेन्सिङ परीक्षा १६८ जना उत्तीर्ण भएका छन् । नेपाल पशु चिकित्सा परिषद्ले लिएको सो परीक्षामा २१२ जनामध्ये १६८ जनाले मात्रै उत्तीर्ण गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply