पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै नेपाल फाइनलमा

२९ फागुन धनगढी
हङकङमा भएको त्रिकोणात्मक टी-२० सिरिजमा नेपालले पपुवा न्युगिनी(पिएनजी) लाई ८५ रनले पराजित गरेको छ।

पपुवा न्युगिनीलाई हराएसँगै नेपाल यस सिरिजको फाइनलमा पुगेको हो। पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेको थियो।

जसपछि नेपालले ६ विकेट गुमाएर १९९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। उक्त लक्ष्य पछ्याउनेक्रममा नेपालले पपुवा न्युगिनीलाई १६.१ ओभरमा अलआउट गरेको हो। पपुवा न्युगिनीले ११३ रन मात्रै बनाउन सफल भएको हो।

नेपालको ब्याटिङतर्फ कुशल भुर्तेलले सर्वाधिक ५९ रन बनाए। यस्तै सन्दिप जोराले ५६ बनाएका थिए।

बिनोद भण्डारीले २७, रोहित पौडेलले १, आरिफ शेखले ४, गुल्शन झाले १५, लोकेश बामले १४ र विवेक यादवले १९ रन जोडेका हुन्।

यता पपुवा न्युगिनीको ब्याटिङमा हरिहरिले २८ रन जोडे। सेसे बाउले २१, टोनी उराले १३ र नसाइना पोकानाले १२ रन बनाए।

अन्य खेलाडीले दुई अंक जोड्न सकेनन्।

बलिङतर्फ नेपालका कुशल भुर्तेलले चार विकेट लिएका छन्।

प्रतिश जिसीले दुई, आकाश चन्द र गुल्शन झाले एकएक विकेट लिएका हुन्। दुई जना खेलाडी रन आउट भएका थिए।

यसअघि आइतबार नेपालले हङकङसँग खेलेको थियो। तर वर्षाका कारण खेल रद्द भएपछि एक-एक अंक बाँडेका थिए। दोस्रो खेलमा पपुवा न्युगिनीलाई पराजित गरेसँगै नेपालले थप दुई अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा आएको हो।

आजै हङकङ र पिएनजीबीच खेल हुँदैछ। दुई टिममध्ये जित हात पार्ने टिमसँग नेपालले बुधबार हुने फाइनलमा खेल्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply