टीकापुरमा सामुदायिक कुकुरको बन्ध्याकरण : पोथी कुकुरको मासु बाहिर निस्किने र भाले कुकुर को अन्डकोष सुन्निएको अवस्था

गणेश क्षेत्री /
कैलाली : भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र कैलाली को आयोजनामा टीकापुरमा सामुदायिक कुकुरको बन्ध्याकरण गरेपछि तुरुन्तै छोडनाले पोथी कुकुरको मासु बाहिर निस्किने र भाले कुकुर को अन्डकोष सुन्निएको फेला परेको छ
भालेकुकुर को बन्ध्याकरण गरेर अन्डकोष निकालिने र पोथी कुकुरको पाठेघर निकाल्ने गरिन्छ । तर बन्ध्याकरण पछि २ घन्टा मा नै शडकमा छोडनाले अप्रेसन गरेको घाउहरुमा सङ्क्रमण फैलिने र टाँका समेत च्यातियर किरा पर्ने अवस्थामा कुकुरहरू रहेका छन् ५ जना पशु चिकित्सक डा तथा सहप्राध्यापक कृष्ण अधिकारी , प्रा .डा राजेश थारु ,डा .मिलन खनाल ,डा विशाल चन्द , डा नवीन पन्त र डा सुदिप चौधरी को टिम ले टीकापुर को पोलिटेक्निक मा बन्ध्याकरण सिबिर सम्पन्न गरेका हुन्

बन्ध्याकरण टिममा डा मिलन खनाल ले ३ सय १ कुकुरको बन्ध्याकरण गरेको बताउनुभयो
डा विशाल चन्द ले जथाभावी महिलाले प्रयोग गर्ने सङ्गिनी सुइ को प्रयोग कुकुर मा गर्दा पाठेघर को समस्या देखिएकोले प्रयोग नगर्न सुझाब दिनुभयो
पशु सेवा बिज्ञ केन्द्र धनगढी का डा हेमराज अवस्थी ले महानगरपालिका मा बन्ध्याकरण गरेको दोस्रो दिन कुकुरहरू लाई छोडने गरेको उदाहरण दिदै सुदूरपश्चिम प्रदेश मा पनि बन्ध्याकरण गरेको अर्को दिन कुकुर लाई छोडने गरेको बताउनुभयो
तर टीकापुर , धनगढी लगायत का क्षेत्रमा बन्ध्याकरण गरेको २ देखि ३ घन्टा मै कुकुरहरू लाई शडकमा छोडने गरेको पाइएको छ
काठमाडाै महानगरपालिकाको सामुदायिक कुकुर को बन्ध्याकरण गरेका डा रबिन्द्र गिरि का अनुसार बन्ध्याकरण गरेर खाना खुवाएर २४ घन्टा पछि मात्रै कुकुर लाई छोडने गरेको बताउनुभयो
काठमाडाै महानगरपालिका का कुकुरप्रेमी नसिर खान ले सुरुमा महानगरपालिका ले केहिमहिना पहिले बन्ध्याकरण गरेकै दिन छोडने गरेको र अत्यधिक कुकुरको मृत्यु भएको र चर्को बिरोध पछि अर्कोदिन मात्रै छोडने गरियको बताउनुभयो

तपाईं आफै सोच्नुस भालेको अन्डकोष झिकियको हुन्छ भने पोथी कुकुर को पाठेघर निकालिएको हुन्छ । अप्रेसन गर्दा एनेस्थिया दिएर बेहोस पारेर राखेको कुकुर लाई केही घन्टामै फेरि शडकमा छोडनु कहाँ सम्मको मानबता हो ? नसिर खान ले प्रस्न गर्नुभयो ! खानले महानगरपालिका र सामुदायिक कुकुरहरू प्रती क्रूर बनेको समेत बताउनुभयो
सुदूरपश्चिम प्रदेशमा बन्ध्याकरण को टेन्डर पाएको सिटि भेट क्लिनिक धनगढी कैलाली ले बन्ध्याकरण गरेको २ घन्टा मै कुकुरहरू लाई छोड्नाले कुकुरहरू को घाउ पाक्ने टाँका बाट मासु निस्किने लगायत को समस्या देखिएको छ
टीकापुर नगरपालिका वडा न ६ को सामुदायिक भाले कुकुर को अन्डकोस सुन्नियको र पोथिकुकुरको टाँका लगाएको ठाउँ बाट मासु बाहिर निस्किएको स्थानीय पारस साउँद ले बताउनुभयो
टीकापुर नगरपालिका वडान १ का नरेश थापा ले कुकुरहरू को बन्ध्याकरण गरिनु राम्रो भएपनी अन्डकोष र पाठेघर निकालिएको कुकुरलाई तुरुन्तै छोडनु मानबता बिरोधि कार्य भएको बताउनुभयो
गर्मी शुरु भै सक्यो अझै कुकुरहरू को बन्ध्याकरण गर्नेकुरा सुनिदैछ ।गर्मीको समयमा कुकुरहरू को बन्ध्याकरण गरेमा घाउ पाकेर कुकुरहरू मा किरा पर्ने संभावना अत्यधिक हुने हुनाले मानबता बिरोधि कार्य तत्काल रोक्नुपर्ने टीकापुर ६ का पुन्डरि आचार्य ले बताउनुभयो
बन्ध्याकरण मा सङ्लग्न सिटि भेटका सन्चालक ले कुकुरहरू मा कुनै पनि समस्या आएमा फिल्डमा गएर कुकुरहरू को उपचार गर्ने बताएका छन् !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply