सशस्त्र प्रहरी र भन्सार कर्मचारी को मिलेमतोमा व्यापक तस्करी भिडियो सहित

गणेश क्षेत्री
धनगढी : कैलाली को भजनी नगरपालिका मा सशस्त्र प्रहरीको मिलेमतो मा व्यापक तस्करी हुने गरेको पाइएको छ
सिमा सुरक्षा भन्सार तथा औद्योगिक सुरक्षा को जिम्मा पाएको सशस्त्र प्रहरी को मिलेमतो मा तस्करी हुँदा राजस्वमा निकै गिरावट आएको पाइएको छ

बर्दिया तथा कैलालीको सत्ती भन्सार का प्रमुख धनबहादुर शाहिले तस्करी नियन्त्रण नहुँदा फाल्गुन महिनामा लक्ष्य १ करोड ५ लाख भएपनी २९ गतेसम्म ५४ लाख ६७ हजार मात्रै राजस्व संकलन भएको र यो प्रतिशत को हिसाबले झन्डै ५२ प्रतिशत मात्रै भएको बताउनुभयो ।अझैसम्म को यो न्यून राजस्व सड्ढलन भएको मुद्दा  फाँटका नायब सुब्बा पदमराज भट्ट ले बताउनुभयो
खक्रौला नाकामा मुल भन्सार भएर चोरीपैठारी न्यून हुनेगरेपनी छोटि भन्सार पृथ्वीपुर को आसपास को क्षेत्र बाट व्यापक मात्रामा सशस्त्र प्रहरी र भन्सार कर्मचारी को मिलेमतो मा राजस्व छली हुनेगरेको स्थानीय ले बताए
रात्री को समयमा सुरक्षाकर्मी को मिलेमतो मा र दिउँसोको समयमा भन्सार कर्मचारीले अत्यन्तै न्यून भन्सार काटेर राजस्व छली गर्ने र खल्ती भर्ने गरेको पाइएको छ

भजनी स्थित छोटि भन्सार कार्यालय पृथ्वीपुर बाट ईलाका प्रहरी कार्यालय झन्डै २ किलोमीटर को दुरिमा पर्छ ।ईलाका प्रहरी कार्यालय भजनिका प्रहरी निरीक्षक लोक राज जोशिले आर्थिक बर्ष २०८०को माघ सम्ममा ३६ लाख ७७ हजार बराबरको बोर्डर बाट भन्सार छली गरेर आएको सामान जफत गरेको बताउनुभयो । ईलाका प्रहरी कार्यालय भजनिको विवरण ले बोर्डरमा सशस्त्र प्रहरीको बाक्लो उपस्थित भएपनी मिलेमतो मा सामान ओसारपसार हुने गरेको प्रमाणित हुन्छ।
त्यसैगरी बोर्डर आउट पोस्ट हिम्मतपुर को मिलेमतो मा कुखुरा ,माछा चर्रा लगायत को क्षेत्रमा बिक्रीवितरण हुनेगरेको कुखुरा ब्यवसायी संघ कैलाली का सदस्य दिलिप बुढा को भनाइ रहेको छ भने लत्ताकपडा , हार्ड वेयर सुखड लगायत को क्षेत्रमा जाने गरेको पाइएको छ

ईलाका प्रहरी कार्यालय पृथ्वीपुरका इन्चार्ज बरिस्ठ प्रहरी नायब निरीक्षक लक्ष्मी दत्त भट्ट समेत रकमी मोहमा भुलेका छन्
बिओपी हिम्मतपुरका सशस्त्र प्रहरी निरीक्षक बिस्णु बिसि सङ्ग पटकपटक सम्पर्क गर्दा फोन उठाउनुभएन भने केही समय अघि प्रत्यक्ष भेट्दा चोरीपैठारी हुँदै हुँदैन भनेर पन्छिएका थिय
बोर्डर संबेदनसिल हुन्छ रातारात मिलेमतो मा माल ओसारपसार हुँदा हातहतियार र लागुपदार्थ भित्रीदैन भनेर भन्न नसकिने स्थानीय बताउछन्
खक्रौला भन्सार नाकामा राजस्व असुलीमा कडाइ गरियपछी तस्करहरु भजनी को क्षेत्रबाट मिलेमतो मा तस्करी गर्दैछन् भने आएका साना ब्यापारीहरुसङ्ग छोटि भन्सार का कर्मचारी मिलेमतो मा न्यून राजस्व काटेर रकमी मोहमा चुर्लुम्म डुब्दा राजस्व सड्ढलन खस्किदो अवस्था मा छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply