बैतडीको पाटन नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

चैत ५ धनगढी
बैतडीको पाटन नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । आइतबार रेडियो सेभेन स्टारको सहजीकरणमा नगरपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । पाटन नगरपालिकाको महिला विकास हलमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकामा सुशासन कायम गर्नुपर्ने र नगरपालिकाका काम कारबाही नियमित ढङ्गले सञ्चालन गर्नुपर्ने विषयमा छलफल भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकिय शेर बहादुर बुढाले नगरपालिकाको आर्थिक, सामाजिक र भौतिक अवस्था तथा नगरपालिकाबाट सञ्चालन गरिएका विभिन्न योजनाहरुको बारेमा जानकारी गराएका थिए ।
सार्वजनिक सुनुवाई कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमल सिंह बोहरा, प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढा, सम्पुर्ण वडाका वडाध्यक्ष, पत्रकार स्थानीय लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply