कञ्चनपुरको एक सामुदायिक विद्यालयले बाल विकास कक्षा आकर्षण बनाईदै

चैत ५ धनगढी
कञ्चनपुरको एक सामुदायिक विद्यालयले बाल विकास कक्षा आकर्षण बनाउन लागेको छ । भीमदत्त नगरपालिका १८कटान स्थित महेन्द्रनगर नमुना मावि(साधारण) स्कुलले बाल विकास कक्षा आकर्षण बनाउन लागेको हो । आउँदो शैक्षिकसत्र ०८१ देखि महेन्द्रनगर नमुना मावि(साधारण) स्कुलले बालमैत्री कक्षा सजावट गर्न लागेको छ ।

महेन्द्रनगर नमुना माध्यामिक विद्यालय(साधारण) स्कुल विद्यालय व्यवस्थापन व्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रराज विष्टले स–साना बालबालिकाहरुलाई शैक्षिक प्रविधि मार्फत शैक्षिक गुणस्तरबृद्धिका लागि बालमैत्री कक्षामा शैक्षिक समाग्री ल्याएको बताए । अध्यक्ष विष्टले एक बालविकास कक्षा दुई शिक्षिका राखेर बालबालिकाहरुलाई आधारभूत स्तरबाटै शैक्षिक स्तरबृद्धि केन्द्रीत गराउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply