कञ्चनपुरमा मंगलबारआजदेखि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव संचालन

चैत ६ धनगढी
कञ्चनपुरमा मंगलबार(आजदेखि) सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव संचालन हुन लागेको छ । भीमदत्त नगरपालिका नगर पर्यटन विकास समितिले मगलबारदेखि सातौँ शुक्लाफाँटा पर्यटन महोत्सव हुन लागेको हो । नगर पर्यटन विकास समिति उपाध्यक्ष राजेन्द्र केसीले महोत्सवको तयारी पुरा भएको बताए ।

उपाध्यक्ष केसीले जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराको प्रमुख आथित्य सहितका सरोकारवालाहरुको उपस्थितिमा महोत्सव उद्घाटन गरिनेछ । विगतको निरन्तरता गर्दै यस बर्षपनि ६ चैत्रदेखि ८ सम्म महोत्सव हुने बताए ।

उनका अनुसार पहिलो दिन शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभिध रहेको रानी ताल सरसफाई, ८चैत्रमा पश्चिम सीमा नाका गड्डाचौकीमा पर्यटनको स्वागत, चरा अवलोकन, जंगलमा पैदल यात्रा, ८चैत्रमा मैत्रिपुर्ण फुटबल हुने भएको छ ।

सुप प्रदेश सरकार उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयको आयोजनामा प्रवेस शुल्कमा ५०प्रतिशत छुट गरिनेछ । कञ्चनपुरको पर्यटन प्रर्बद्धनका लागि मेला संचालन गर्न लागेको बताए । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्याप्रर्यटनका लागि महोत्सव गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply